Technology Khabar ३ चैत्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३ फागुन । जोलोले भारतीय बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ । जोलोले लो बजेट जोलो क्यू १००१ भारतीय बजारमा ल्याएको हो ।
नयाँ स्मार्टफोनमा ५ इन्चको स्क्रीन छ, जसको रिजोल्यूशन ४८०X८५४ रहेको छ । जोलोको नयाँ स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित रहेको छ भने यसमा १.३ गीगाहर्जको क्वाड कोर कोरटेक्स ए७ प्रोसेसर तथा मिडियाटेक एमटी ६५८२ चीपसेट रहेको छ । यसमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिका स्टोरेज राखिएको छ ।
जोलोको क्यू १००१ स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा भीजीए रहेको छ, जुन भिडियो कलिंगको लागि मात्र उपयुक्त हुन्छ । यो स्मार्टफोनमा २००० एमएएच क्षमताको ब्याट्री रहेको छ जसले थ्रीजीमा १२ घण्टाको टकटाइम दिने कम्पनीको दाबी छ ।
कम्पनीले भारतीय बजारमा यो फोनको मूल्य ६ हजार १ सय ९९ ( करिब १ सय डलर) भारतीय रुपैंया तोकेको छ ।
प्रकाशित: ३ चैत्र २०७१, मंगलवार