एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग

Technology Khabar ३ चैत्र २०७१, मंगलवार

एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं ।

काठमाडौं, ३ फागुन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले सर्लाही बलराको ग्रामिण भेगमा रहेको रामसखी मोहित सिहं जनता उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।
मुख्य कार्यालय भवनमा भएको सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डा. कमलेश्वर कुमार सिन्हालाई उक्त कम्प्युटरहरु हस्तान्तरण गरेका हुन्।
संस्थागत सामाजिक उत्तरदायित्व तर्फ सदैव संवेदनशील रहेको एभरेष्ट बैंकले शिक्षाको साथसाथै स्वास्थ्य, खेलकुद लगायत अन्य आवश्यक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।
बैंकले हाल आफ्ना ५३ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएमका साथै भारतको नयाँ दिल्लीस्थित आफ्नो सम्पर्क कार्यालयबाट समेत खोलेको छ।

easy care

प्रकाशित: ३ चैत्र २०७१, मंगलवार