१८औं फ्लोरा एक्स्पो शनिवारदेखि

Technology Khabar ३ चैत्र २०७१, मंगलवार

१८औं फ्लोरा एक्स्पो शनिवारदेखि

काठमाडौं ।

काठमाडौं, ३ फागुन । १८औं फ्लोरा एक्स्पो २०१५ आगामी शनिवारदेखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ आयोजना हुने सो एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटासहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहने फ्लोरीकल्चर एशोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधीलगायतका स्टल रहनेआयोजकले जानकारी दिएको छ ।

मेलामा सहभागी बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाप्रति स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले बताएको छ । मेलामा उत्कृष्ट मौसमी फूल,उत्कृष्ट आलंकारिक बिरुवा,उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप उत्कृष्ट पुष्प सजावट,उत्कृष्ट स्टलजस्ता विधामा पुरस्कार दिइने बताइएको छ ।

Sajilo Visa

प्रकाशित: ३ चैत्र २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार