Technology Khabar ३ चैत्र २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३ चैत । चीनियाँ कम्पनी विक्सी सिएन मेसिनरीको लाइट कन्स्ट्रक्सन इक्युपमेन्ट आइ. डी. एम. सी प्रा. ली. ले नेपाली बजारमा ल्याएको छ । कम्पनीले एस व्रान्डका कंक्रीट मीक्चर, टेम्पीङ्क–र्यामर, प्लेट कम्प्याक्टर, स्टील बार वेन्डर, कटर, जेनेरेटर, वाल्क विहाइन्ड सीङ्कगल र डबल ड्रम रोलर, मीनी डम्पर, कङ्कक्रीट व्रेकर, इत्यादी सामानहरु बजारमा उपलब्ध गराउने भएको हो ।
विक्सी ब्रान्डका लाइट कन्स्ट्रक्सन इक्युपमेन्टहरुमध्ये प्लेट कम्प्याक्टर र रोलर हरु १ टन देखी ४ टन क्षमताको रहेको र कंक्रीट मीक्चरहरु, २ व्याग सीमेन्ट तथा ल्याब परिक्षण का लागी धेरै उपयोगी रहेको जनाइएको छ । त्यसैगरी विक्सी ब्रान्डका जेनेरेटर हरु २ के. भी. ए. क्षमता देखी २००० के. भी. ए. क्षमता सम्मको रहेको वताइएको छ ।
विक्सी मेसिनरी आइ. डी. एम. सी प्रा. ली. को संयुक्त आयोजनामा राजधानीमा आयोजीत औपचारीक शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख जीया जुनजीयान, अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक लुसी चीयान र आइ. डी. एम. सी प्रा. ली. का अध्यक्ष प्रवीन ढुङ्काना तथा प्रबन्ध निदेंशक पुरुषोतम सुवेदीको सहभागीता रहेको थियो । सो अवसरमा मुलुक भरका निर्माण व्यवसायी, सीमेन्ट उद्योगीहरु, जल विद्युत उत्पादकहरु को उल्लेख्य उपस्थीती रहेको थियो ।
प्रकाशित: ३ चैत्र २०७१, मंगलवार