ब्ल्याकबेरीले उच्च सुरक्षा प्रविधिसहितको सेक्यूट्याबलेट ल्याउँदै

Technology Khabar १ चैत्र २०७१, आईतवार

ब्ल्याकबेरीले उच्च सुरक्षा प्रविधिसहितको सेक्यूट्याबलेट ल्याउँदै

काठमाडौं ।

काठमाडौं, १ चैत । अमेरिकी कम्पनी ब्ल्याकबेरीले शनिवार उच्च सुरक्षा प्रविधियुक्त ट्याबलेट लन्च गर्ने घोषणा गरेको छ । ब्ल्याकबेरीले सुरक्षित मोबाइल डिभाइसको श्रेणीलाई विस्तार गर्दै उच्च सुरक्षा ट्याब ल्याउने घोषणा गरेको हो । कम्पनीले उक्त ट्याबलेट इन्टरनेशनल बिजनेस मसिन (आईबीएम) तथा सामसुंग इलेक्ट्रोनिक्स कम्पनीसँगको सहकार्यमा ल्याउन लागेको हो ।Samsung Tab

कम्पनीले ल्याउन लागेको सेक्यूट्याबलेट (SecuTABLET) सामसुंगको ग्यालेक्सी ट्याब एस१०.५ (Galaxy Tab S10.5) मा आधारित हुनेछ । यसमा उच्च ग्रेडको सेक्यूरिटी कम्यूनिकेशन्स सुईट रहनेछ जुन सेक्यूस्मार्ट (Secusmart) द्धारा निर्माण गरिएको हो । सेक्यूस्मार्ट यूनिटलाई ब्ल्याकबेरीले गत वर्ष खरिद गरेको थियो ।

सेक्यूट्याब सामान्य उपभोक्ताको लागि भने उपलब्ध हुनेछैन् । यो ट्याबलेट बिक्रीका लागि राष्ट्यि तथा अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रका बजार तथा व्यवसायहरुको लागि लक्षित गरिएको छ । यसले व्यक्तिगत प्रयोगमा आईरहेका लोकप्रिय सामाजिक नेटवर्किंग तथा इन्टान्ट म्यासेजिंग एप्सहरु फेसबुक, ह्वाट्सएप, ट्विटरहरुलाई पनि समाहित गरेको छ ।
सेक्यूरट्याबलेटका लागि आईबीएमले सेक्यूर एपको सुविधा उपलब्ध गराउनेछ ।

नयाँ डिभाइस जर्मन फेडेरल अफिस फर इन्फर्मेशन सेक्यूरिटि फर सेक्यूर रेटिंगद्धारा प्रमाणित गरिने कम्पनीले जारी गरेको स्टेटमेन्टमा उल्लेखछ । नयाँ ट्याबलेटले सेक्यूस्मार्ट सेक्यूरिटि कार्डको सुरक्षा प्रविधि जत्तिकै प्रविधि प्रयोग गर्ने बताईएको छ ।

नयाँ ट्याब छिटै आउने बताईएपनि कहिलेसम्म आउँछ भन्ने कुनै जानकारी दिईएको छैन् ।

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७१, आईतवार

ताजा समाचार