एन्ड्रोयड फोन चलाउनेहरुले यसरी गर्नुहोस् ह्वाट्सएपबाट कल

Technology Khabar १ चैत्र २०७१, आईतवार

एन्ड्रोयड फोन चलाउनेहरुले यसरी गर्नुहोस् ह्वाट्सएपबाट कल

काठमाडौं ।

काठमाडौं, १ चैत । विश्वको सबैभन्दा ठूलो इन्टान्ट म्यासेज कम्पनी ह्वाट्सएपले (WhatsApp) एन्ड्रोयड प्रयोगकर्ताहरुको लागि भ्वाईस कलिंग फीचर लन्च गरेको छ । अब एन्ड्रोयड अपरेटिङमा आधारित स्मार्टफोन प्रयोगकर्ताहरुले म्यासेज मात्र नभई कल पनि गर्ने सुविधा उपलब्ध भएको छ ।

ह्वाट्सएपको यो नयाँ सुविधा उपयोग गर्नको लागि यसको पछिल्लो संस्करण २.१२.७ भर्सन इन्टल गर्नुपर्ने हुन्छ । नयाँ संस्करण गूगलको प्ले स्टोरका साथै ह्वाट्सएपको वेबसाइटबाट पनि डाउनलोड गरेर इन्टल गर्न सकिन्छ ।whatsapp 1

गूगलको प्ले स्टोरमा प्रयोगकर्ताको डिभाइसको आधारमा ह्वाट्सएपको विभिन्न भर्सनहरु उपलब्ध रहेका छन् । यदि ह्वाट्सएपको पछिल्लो संस्करण तपाईँको डिभाइसमा रहेको गूगल प्ले स्टोरमा छैन भने सिधै ह्वाट्सएपको साइटबाट डाउनलोड गर्न सकिन्छ । ह्वाट्सएप विण्डो ओपन गरेपछि एपमा रिसेन्ट च्याट्सको स्थानमा कलिंग ट्याब देखिनेछ । यसपछि ह्वाट्सएप होम स्क्रीनमा कल्स, च्याट्स, कन्ट्याक्टस् गरि तीनवटा ट्याब देखिनेछ ।whatsapp 2

कसरी गर्न सकिन्छ ह्वा्टसएपद्धारा कल ?

तपाईँको स्मार्टफोनमा ह्वाट्सएपको नयाँ संस्करण २.१२.७ भर्सन डाउनलोड गरिसकेपछि तपाईँको जुन साथीसँग पहिलेदेखि नै ह्वाट्सएपको कलिंग फीचर एक्टिभेट छ, त्यो व्यक्तिले कल गर्नुपर्ने हुन्छ । उक्त साथीको कल रिसीभ गर्नवित्तिकै तपाईँको स्मार्टफोनमा स्वचालितरुपमा नै कलिंग फीचर एक्टिभेट हुनेछ ।

त्यसपछि जब तपाईँले कल डिस्कनेक्ट गर्नुहुन्छ, तपाईँको स्मार्टफोनमा ह्वाट्सएपको कलिंगको लागि सबै फीचरहरु देखिनेछन् । यदि तपाईँको स्मार्टफोनमा यी फीचरहरु देखिएनन भने एक पटक स्मार्टफोन रिस्टार्ट गर्नुपर्ने हुन्छ । अब तपाईँको स्मार्टफोनमा यो फीचर एक्टिभेट भएको छ भने आफ्ना सबै साथीहरुलाई कल गरेर यो फीचर एक्टिभेट गराउन मद्धत गर्नसक्नु हुनेछ ।whatsapp-3

कलिंग फीचर एक्टिभेट भएपछि अब कुनैपनि ह्वाट्सएप कन्ट्याक्टमा कल गर्न सकिनेछ । कल गर्दा आफ्नो साथीको डिभाइसमा पनि ह्वाट्सएपको पछिल्लो संस्करण २.१२.७ हुनु आवश्यक छ । जुन व्यक्तिको डिभाइसमा यसको पछिल्लो संस्करण छैन उनिहरुलाई ह्वाट्सएपको अपडेटेड भर्सन डाउनलोड गर्नको लागि सूचना आउनेछ ।

ह्वाट्सएपले कलिंग फीचरका साथै एक नयाँ फीचर पनि यसमा जोडेको छ । यो फीचरले तपाईँको कन्ट्याक्ट लिस्टमा केहि यस्ता सम्पर्क नम्बरहरुको बारेमा सुझाव दिनेछ जसलाई तपाईँले ह्वाट्सएप ज्वाइन गर्नको लागि आमन्त्रण गर्न सक्नुहुनेछ ।एजेन्सी

easy care

प्रकाशित: १ चैत्र २०७१, आईतवार