शिओमीले भारतमा स्मार्टफोन उत्पादन कारखाना स्थापना गर्ने

Technology Khabar २९ फाल्गुन २०७१, शुक्रबार

शिओमीले भारतमा स्मार्टफोन उत्पादन कारखाना स्थापना गर्ने

काठमाडौं ।

काठमाडौं, २९ फागुन । चीनको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शिओमीले (Xiaomi) भारतमा स्मार्टफोन उत्पादन गर्ने भएको छ । शिओमीले भारतमा आफ्नो कारखाना स्थापना गरेर स्मार्टफोन तथा ट्याबलेटहरु निर्माण गर्ने भएको हो ।

यसअघि कम्पनीले भारतमा रिसर्च एण्ड डेभलपमेन्टको लागि ‘आर एण्ड डी’ कार्यालय मात्र खोल्ने जानकारी दिएको थियो । तर शिओमीले भारतमा आफ्ना उत्पादनहरुको बिक्रीबाट उत्साहित हुँदै स्मार्टफोन तथा ट्याबलेट बनाउने कारखाना नै स्थापना गर्ने घोषणा गरेको हो ।

शिओमीका भ्वाईस प्रेसिडेण्ट ह्यूगो बाराले एक विदेशी समाचार एजेन्सीलाई कम्पनीले ठूलो लगानी गर्न चाहेको जानकारी दिए । उनले भारतमा निकै ठूलो रुपमा रिसर्च तथा विकास गर्न चाहेको बताए ।

शिओमीले भारतमा एकदेखि डेड वर्षभित्र आफ्नो प्लान्टबाट स्मार्टफोनहरु उत्पादन गर्न चाहेको छ । तर कम्पनीले अहिलेसम्म भारतमा कति रुपैंया लगानी गर्ने भन्ने कुनै जानकारी दिएको छैन् । शिओमीले चीनपछि भारतमा सबैभन्दा धेरै आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको छ भने निकै महत्वपूर्ण बजारको रुपमा लिएको छ । पाँच वर्ष पुरानो चीनियाँ फोन निर्माता कम्पनीले भारतीय बजारमा निकै ध्यान केन्द्रित गर्न खोजेको देखिन्छ ।

कम्पनीले भारतमा प्लान्ट लगाएर सूपथ मूल्यमा आफ्ना उत्पादन ल्याउन चाहेको अनुमान गरिएको छ भने यसले भविश्यमा भारतीयहरुको चाहना अनुसारको फीचरभएका स्मार्टफोन पनि उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

भारतीय फोन खरिदकर्ताहरु चीनियाँ एप्पल पनि भनिने शिओमीका उत्पादनहरु प्रति निकै उत्साहित हुँदै आएका छन् । तर भारतमा कम्पनीले अनलाईनमार्फत मात्र आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको हुँदा खरिदकर्ताहरुले स्मार्टफोनलाई खरिद भन्दा अगाडि परिक्षण गर्न र चलाउन पाउँदैनन् । त्यहि कारण कम्पनीले भारतभर करिब १ सय वटा एक्सपेरियन्स सेन्टर खोल्ने तयारी गरि गरेको छ, जहाँ कम्पनीले कष्टमर सर्भिस पनि प्राप्त गर्नेछन् । यसले आगामी दिनमा खरिदकर्ताहरुको उत्साहलाई अझै बढाउने कम्पनीको अनुमान छ ।

कम्पनीले खोल्न लागेको सो स्टोरहरुमा ग्राहकहरुले शिओमीका उत्पादनहरु चलाउन र हेर्न पाए पनि खरिद गर्न भने पाउने छैनन् ।

Sajilo Visa

प्रकाशित: २९ फाल्गुन २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार