Technology Khabar २८ फाल्गुन २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौँ, २८ फागुन । मेगा बैंक नेपाल लिमिटेडले सुदूर र मध्यपश्चिमाञ्चलका विकट जिल्लाबाट अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ संचालनमा ल्याएको छ । बेलायती सहयोगमा संचालित सक्षम एक्सिस टू फाइनान्स नामक परियोजनासँगको सहकार्य मेगा बैंकले यो सेवा संचालनमा ल्याएको हो ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षम एक्सिस टू फाइन्स कार्यक्रम प्रमुख बलजीत बोहेराले ट्याब बैंकिङ सेवा संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सेवा सुदूरपश्चिमका अछाम, बैतडी, डडेल्धुरा, कैलाली तथा मध्यपश्चिमका दाङ र सल्यानमा संचालन हुनेछ । त्यसका लागि मेगा बैंकले आगामी तीन बर्षभित्र चार वटा शाखा, ३० वटा शाखारहित बैंकिङ सेवा र स्थानीय एजेन्टमार्फत ट्याबलेट बैंकिङ सेवा संचालन गर्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए ।
बैंकले सक्षमसँगको सहकार्यमा नेपालमै पहिलोपटक ट्याबलेट बैंकिङ सेवा संचालनमा ल्याउन लागेको सिइओ शाहले दाबी गरे ।
सक्षम कार्यक्रमका टिम लिडर बोहराले उपयुक्त माध्यममार्फत ग्रामीण क्षेत्रका बासिन्दाको घरदैलोमा माइक्रो बैंकिङ सेवाहरु छिट्टै संचालन गर्न आफूहरु लागिपरेको बताए । शाखारहित बैंकिङ तथा ट्याब बैंकिङ सेवाको प्रयोगले अत्याधुनिक प्रविधिमार्फत वित्तीय कारोबार गर्नका लागि प्रोत्साहन मिल्ने उनले बताए ।
नेपाल सरकार र बेलायत सरकारबीचको सम्झौता अनुसार युके एडका लागि डीएफआइडीले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रम संचालन गर्दै आएको छ । डीएफआइडीका लागि लुइस बर्जरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा नेपालमा नेपालमा संचालन गर्दै आएको गर्छ ।
अहिले २८ वटा शाखा, ४८ वटा अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १२ सय भन्दा मेगा रेमिट सञ्जालमार्फत मेगा बैंकले सेवा पुर्याउँदै आएको छ ।
प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार