खुम्बु क्षेत्रको भच्र्यूअल नक्सा अब गूगलमा हेर्न सकिने

Technology Khabar २८ फाल्गुन २०७१, बिहीबार

खुम्बु क्षेत्रको भच्र्यूअल नक्सा अब गूगलमा हेर्न सकिने
गूगलबाट

काठमाडौं ।

के तपाईँ सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रमा जाने तयारीमा हुनुहुन्छ ? यदि तपाईँ यो क्षेत्रमा जाने तयारीमा हुनुहुन्छ भने अब तपाईँलाई गूगलले सहयोग गर्नेछ । हामीमध्ये अधिकांशले नेपालको खुम्बु क्षेत्रमा भ्रमण कहिले पनि भ्रमण गर्न जाने गरेका छैनौं । तर यहि क्षेत्र हुँदै विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हेर्न र आरोहण गर्न सकिन्छ ।partners-logo-earth-outreach

तर अब तपाईँ त्यो क्षेत्रमा जानु भएको छैन भने पनि केहि फरक पर्दैन् । तपाईँले सो क्षेत्रको बाटो र सामाजिक जीवनको बारेमा गूगलको स्ट्रीट भ्यूमार्फत जानकारी पाउन सक्नुहुनेछ । टेक साईट टेकक्रन्चका अनुसार गूगलले सो क्षेत्रको बारेमा जानकारी दिन सगरमाथा आरोही आप्पा शेर्पाको सहयोग र सहकार्यमा गूगल स्ट्रीट भ्यू तयार पारेको हो । यसलाई स्ट्रीट भ्यू मात्र नभनेर सो क्षेत्रको बारेमा हरेक किसिमको जानकारी लिन सकिने साइटले जानकारी दिएको छ ।partners-logo-storycycle

गूगलले तयार पारेको सामाग्रीलाई स्ट्रीट भ्यू भन्नु गलत हुने भन्दै साइटले त्यसलाई ‘ट्रेल’ भन्न उपयुक्त हुने बताएको छ । विश्वको अग्लो हिमाल सगरमाथा २१ पटक आरोहण गरेर विश्व किर्तिमान कायम गरेका आप्पा शेर्पाको सहकार्यमा आप्पा शेर्पा फाउण्डेशन तथा नेपालको गैर लाभकारी संस्था ‘स्टोरी साइकल’ले सो क्षेत्रमा १० दिनसम्मको यात्रा तथा आरोहणमा गूगल म्यापिंग गरेको तथा विभिन्न तस्विरहरु लिएका हुन् । सोहि तस्विरहरु तथा नक्सालाई गूगलले नयाँ रुपमा तयार गरेको र सुधार गरेको हो ।partners-logo-apa-sherpa

सगरमाथालाई नजिकबाट नियाल्नको लागि दर्शकले गोरक सेपको भच्यूअल ट्रेक पनि गर्नसक्नेछ, तर यसमा संकलन टिमले एभरेष्ट समिटर लजको भित्रका गतिबिधिहरुलाई पनि समेटेको छ, जुन आप्पा शेर्पाले सन १९९६ मा बनाएका थिए ।

इो गूगल ट्रेलमा रोमान्चक क्षेत्रहरु समेटिएका छन जसमा विभिन्न लजहरु, गुम्बाहरु, स्कूल र याकलाई पनि समेटिएको छ । गूगलको म्यापमा, सगरमाथा राष्ट्रिय निकुन्जमा रहेको संग्रहालय तथा शेर्पा सांस्कृतिक केन्द्र, याक मार्ग, नाम्चे बजारलगायतका स्थानको फोटो तथा जानकारी रहेको छ ।

त्यसैले गूगलको यो स्ट्रीट म्याप वा ट्रेललाई भच्र्यूअलरुपमा प्रयोग गरेर सो क्षेत्रमा गएको अनुभूति हासिल गर्न सकिन्छ । त्यसो भए अहिले नै प्रयोग गर्ने होइन् त ?

गूगलको खुम्बु क्षेत्रको भच्र्यूअल म्यापको लागी यहाँ जानुहोस्-

https://www.google.com/maps/@27.804621,86.710548,3a,75y,10h,90t/data=!3m5!1e1!3m3!1s-FqBVihinVUAAAQYn9T3uw!2e0!3e11?hl=en-US

Sajilo Visa

प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार