पेट बोतल रिकलेक्सन सेन्टरद्वारा पहिलो कन्साइन्मेन्ट पठाउँदै

Technology Khabar २८ फाल्गुन २०७१, बिहीबार

पेट बोतल रिकलेक्सन सेन्टरद्वारा पहिलो कन्साइन्मेन्ट पठाउँदै

काठमाडौं ।

काठमाडौँ, २८ फागुन । हिमालयन क्लाइमेट इनिसिएटिभ (एच.सि.आइ.)द्वारा डिजाइन तथा सञ्चालन गरिएको पेट बोतल रिकलेक्सन सेन्टरले संकलन गरेको पहिलो पेट बोतलको कन्साइनमेन्ट भारतको सबैभन्दा ठूलो रिसाइकल कम्पनी गणेशाइकोस्फीयरमा पठाउँदै छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमका दौरान एच.सि.आइ.ले सो कन्साइनमेन्टका बारेमा जानकारी सार्वजनिक गरेको थियो । एच.सि.आइ.काअनुसार पहिलो कन्साइनमेन्टमा ४० मेट्रिक टन पेट बोतल पठाईँदै छ ।

कार्यक्रममा बोल्दै एच.सि.आइ.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी प्रसान्त सिंहले भने, “सयौँ स्वयंसेवक र हाम्रा सहकारी संस्थाहरुको मद्दतका साथ हामीले अहिलेसम्म १०० जना नगर मित्रहरुसँग कामगर्दै उनीहरुको शिक्षा, स्वास्थ्य तथा अन्य क्षमता बृद्धिका लागि सहयोग गर्न सकेका छौँ ।”

उद्योग मन्त्री महेश बस्नेतले निकट भविष्यमा प्लास्टिकका फोहोरहरु रिकलेक्सन र रिसाइकलको बिजनेस निकै ठूलो हुने अपेक्षा गरे ।

कार्यक्रमका दौरान बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक सल्मान लतिफ राँले भने“पेट बोतलहरुले सुविधाजनक रुपमा ग्राहकहरुलाई सफा र स्वस्थ उत्पादनहरु प्रदान गर्न मद्दत गरेको छ । तर पेट बोटलहरु बायोडिग्रेडेबल नभएकाले यस्को व्यवस्थापन र रिसाइकल गर्नु हाम्रो कर्तव्य हो ।

नेपालकालागि जर्मनीका राजदूत मथायस मेयरवेरले भने, “बहु–स्टेक होल्डरहरुको सहकार्यमा आयोजना गरिएको यो अभियान उदाहरणीय छ । अभियानमा समावेस भएका सबै स्टेकहोल्डरहरु मध्ये नगर मित्रहरुको भूमिका निकै महत्वपूर्ण छ । काठमाडौँमा हरेक दिन करिब १०,००० देखि १५,००० नगर मित्रहरु जोखिमपूर्ण वातावरणमा कार्यरत रहन्छन् ।”

काठमाडौँ उपत्यकाका ५ वटा नगरपालीका (काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर रमध्यपुर ठिमी) बाट मात्रै दैनिक ६ सय २० टन फोहोर जम्मा हुने गर्दछ । नगर मित्रहरुले दैनिक १७.५८ टन फोहोर जम्मा गर्ने गर्दछन् ।

पेट बोतल रिकलेक्सन सेन्टर “नगर मित्र–नगरका मित्रहरु” नामक सामाजिक उद्यमको मातहतमा कामगर्दै आएको छ जसले गैर लाभांश रुपमा समाजबाट अपहेलित फोहोर उठाउने कामदारहरुको जीविकोपार्जनमा सुधार ल्याउने किसिमका तालिमहरु दिँदै सयौँ स्वयमसेवकहरुका मद्दतले शहरी वातावरण सुधार्ने कार्य गर्दछ । पेट बोतल रिकलेक्सन सेन्टरले काठमाडौँका फोहोर उठाउने कामदारहरुबाट पेट बोतल खरिद गर्ने गरेको छ ।

Sajilo Visa

प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार