Technology Khabar २६ फाल्गुन २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २६ फागुन । सोशल नेटवर्किंग साइट फेसबुकमा सक्रिय विज्ञापनदाताको संख्या २० लाख पुगेको छ । कम्पनीले यसका साथै नयाँ एप एड म्यानेजर लन्च गरेको छ ।
फेसबुकले ल्याएको यो एपको मद्धतमा बिजनेस ग्रुप मोबाइलको माध्यमबाट आफ्नो एड क्याम्पेन म्याजेन गर्न सकिनेछ ।
कम्पनीले यसका साथै विश्वभर तीन करोडभन्दा बढि विजनेसले सक्रियरुपमा फेसबुक पेजको प्रयोग गरिरहेको जानकारी दिएको छ । व्यापार व्यवसायको प्रचार प्रसारको लागि फेसबुक पेजको बढ्दो लोकप्रियताको मूख्य कारणमा फेसबुक पेस सबैको लागि निशुल्क उपलब्ध हुनु नै रहेको हो । त्यसका साथै फेसबुक प्रयोग गर्न सहज हुनु र मोबाइलमा पनि सजिलो गरि चलाउन सकिने हुँदा यसको लोकप्रियता व्यापार व्यवसायमा पनि बढेको बताईएको छ ।
फेसबुकका अनुसार हरेक महिना ८ लाख भन्दा बढि विज्ञापनदाता एड म्यानेजर मोबाइल साइटको प्रयोग गर्ने गर्दछन् । फेसबुकले एड म्यानेजर साइट गत वर्ष मात्र लन्च गरेको थियो । एजेन्सी
प्रकाशित: २६ फाल्गुन २०७१, मंगलवार