जियोनीको ईलाइफ एस ७ अप्रिलदेखी नेपाली बजारमा

Technology Khabar २६ फाल्गुन २०७१, मंगलवार

जियोनीको ईलाइफ एस ७ अप्रिलदेखी नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २६ फागुन । जियोनीले केहि दिन अघि मात्र सार्बजनिक गरेको नयाँ स्मार्टफोन ईलाइफ एस ७ (Elife S7) नेपाल भित्र्याउने तयारी गरेको छ । कम्पनीले अप्रिलमा नेपालमा यो फोन उपलब्ध गराउने जानकारी दिएको छ । टेलिटकले नेपालमा यो फोनलाई आउँदो एप्रिलमा बजारमा ल्याउन लागेको हो ।

५.२ इन्चको एमोलेड स्क्रिनयुक्त यो मोबाइल दुई सिम एकैपटक प्रयोग गर्न मिल्ने सबभन्दा पातलो भईकन पनि अत्यन्तै तेज र स्टाइलिस भएको कम्पनीको दाबी छ ।

कम्पनीले यसलाई अहिलेसम्मकै सबभन्दा शक्तिशाली फोन भनी प्रचार गरेको छ । एउटा सिङ्गो हाउजिङमा आउने यो फोनको डिजाइन निकै आकर्षक र फरक किसिमको छ । छेउछेउमा गहिरिएको डिजाइनले यसलाई अंग्रेजी अक्षर यू को आकार दिएको छ जसले गर्दा फोनलाई हातमा लिन सजिलो हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अत्याधुनिक र ज्यादै स्मार्ट क्यामराहरु हुनु यो फोनको अर्को विशेषता हो । फोटो खिचिसकेपछि फोकस मिलाउन मिल्ने र ‘संकेत नियन्त्रण’ को माध्यमबाट सेल्फी खिच्न मिल्ने विशेषताहरु यसका क्यामरामा छन् । सबै प्रकारका उपभोक्तालाई नै उपयोगी हुन् । विशेषता यसमा अत्यन्तै टिकाउ ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

स्पेनको बार्सिलोनामा मार्च २ तारिखमा जियोनीले मोबाइल वल्र्ड कंग्रेसको अवसरमा अत्यन्तै शक्तिशाली फोन इलाइफ ( एस सेभेन) सार्वजनिक गरेको थियो ।

यो पनि हेर्नुहोस्-

जियोनीको निकै आकर्षक र फरक देखिने ईलाइफ एस ७ सार्वजनिक

easy care

प्रकाशित: २६ फाल्गुन २०७१, मंगलवार