Technology Khabar २६ फाल्गुन २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २६ फागुन । अमेरिकी टेक्नोलोजि कम्पनी एप्पलले सोमबार आफ्नो नयाँ घडी सार्वजनिक गरेको छ । यो स्मार्टवाच आफैंमा एक स्मार्टफोन जस्तो रहेको छ । यो स्मार्टवाच डिजिटल टच नामक नयाँ प्रविधिमा आधारित रहेको छ ।
यो स्मार्टवाच एप्पलको आफ्नो अपरेटिंग सिष्टम आईओएस ८.२ मा आधारित रहेको छ । यो स्मार्टवाचमा एप्पल वाच स्टोरबाट एप्स् खरिद गर्ने अनुमति दिईएको छ । यो हेर्दा निकै आकर्षक र आधुनिक घडि जस्तै देखिएपनि यसको उपयोग अनेक किसिमले गर्न सकिन्छ ।
एप्पल वाच आगमी अप्रिल २४ तारिखदेखि अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, हंगकंग, जापानमा पहिलो चरणमा बिक्रीका लागि उपलब्ध हुनेछ । कम्पनीले स्मार्टवाचको तीन वटा संस्करणहरु सार्वजनिक गरेको छ भने यो दुईवटा साइज ३८ मिलिमीटर र ४२ मिलिमीटरमा उपलबध हुनेछ ।
कम्पनीले एप्पल वाच स्पोर्ट नाम दिएको घडीको बजार मूल्य ३ सय ४९ तथा ३ सय ९९ अमेरिकी डलर तोकेको छ । त्यस्तै क्लासिक भर्सनको ३८ मिमीको एप्पल वाचको मूल्य ५ सय ४९ डलरदेखि १ हजार ९९ डलरसम्म रहेको छ । यसमा स्टीलनेस स्टील बडी रहेको छ जसको हातमा बाँध्ने फित्ता (ब्याण्ड) को आधारमा मूल्य फरक तोकिएको हो ।
निकै शौखिन खरिदकर्ताहरुको लागि एप्पलले १८ क्यारेटको सुनजडित ३८ मिमीको एप्पल वाच एडिशन १० हजार डलरमा उपलब्ध हुनेछ भने ४२ मिमीको मूल्य १७ हजार अमेरिकी डलर तोकिएको छ ।
एप्पलको वाच स्पोर्ट विशेष किसिमको आल्मुनियम एलोएद्धारा निर्मित रहेको छ जुन सामान्य एलोएभन्दा ६० प्रतिशत कडा तर स्टील भन्दा हलुका रहेको छ ।
कम्पनीले स्मार्टवाचमा सबै किसिमका मेल, टेक्स्टलगायतका विषयहरु हेर्न सकिने दाबी गरेको छ । यो एप्पल वाचद्धारा फोन गर्न पनि सकिनेछ । यसमा हेल्थ सेन्सर राखिएको छ जसले प्रयोगकर्ताको स्वास्थ्यको बारेमा जानकारी दिन्छ । यसमा अन्य कयौं सेन्सरहरु तथा सुविधा पनि उपलब्ध रहेका छन् ।
यो स्मार्टवाच सिल्भर तथा स्पेस ग्रे कलरमा उपलब्ध छ भने यसमा रेटिना डिस्प्ले पनि रहेको छ ।
खरिदकर्ताहरुले दुई सामान्य भर्सनका एप्पल वाच एप्पलको अधिकांश रिटेल स्टोरमा प्रयोगको अनुभव गर्न सक्नेछन् भने सिमित संस्करणको वाच तोकिएका स्टोरहरुमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो वाच अप्रिलको १० तारिखदेखि प्रि अर्डर दिन सकिनेछ ।
यस्ता छन् महंगा श्रेणीका घडीहरु
एप्पलले विभिन्न सस्तादेखि महंगा संस्करणका घडिहरुको बिक्री शुरु भएको घोषणा गरेको छ । आगामी अप्रिल२४ तारिखदेखि खरिद गर्न सकिने घडीहरुमध्ये महंगा घडीहरुलाई कम्पनीले एप्पल वाच एडिशन नाम दिएको छ र यी घडीहरु सिमित संख्यामा मात्र उपलब्ध हुनेछन् ।
कम्पनीको यो श्रेणीको सबैभन्दा महंगो घडी १७ हजार अमेरिकी डलरसम्मको छ जुन ३८ मिलिमीटरको १८ क्यारेटको एल्लो गोल्ड राखिएको छ । यसमा ब्राईट रेड मोर्डन बक्कल तथा ३८ मिमीको १८ क्यारेट रोज गोल्डमा रोज ग्रे मोर्डन बक्कल राखिएको छ ।
कम्पनीले यो संस्करणमा जम्मा ८ वटा मोडलका घडीहरु ल्याएको हो जसको मूल्य १० हजार अमेरिकी डलरदेखि १५ हजार अमेरिकी डलरसम्म तोकिएको छ ।
१० हजार अमेरिकी डलर- ३८ मिमी, १८ क्यारेट रोज गोल्ड, ह्वाईट स्पोर्ट ब्याण्ड
१२ हजार अमेरिकी डलर- ४२ मिमी, १८ क्यारेट रोज गोल्ड, ह्वाईट स्पोर्ट ब्याण्ड
१० हजार अमेरिकी डलर- ३८ मिमी, १८ क्यारेट एल्लो गोल्ड, ब्ल्याक स्पोर्ट ब्याण्ड
१० हजार अमेरिकी डलर- ४२ मिमी, १८ क्यारेट एल्लो गोल्ड, ब्ल्याक स्पोर्ट ब्याण्ड
१५ हजार अमेरिकी डलर- ४२ मिमी, १८ क्यारेट एल्लो गोल्ड, ब्ल्याक क्यासिक बक्कल
१५ हजार अमेरिकी डलर- ४२ मिमी, १८ क्यारेट एल्लो गोल्ड, मिडनाईट ब्लू क्यासिक बक्कल
एजेन्सी
प्रकाशित: २६ फाल्गुन २०७१, मंगलवार