नेपाली बजारमा माइक्रोम्याक्सले ललिपप ओएस भएको मोबाइल ल्यायो

Technology Khabar २४ फाल्गुन २०७१, आईतवार

नेपाली बजारमा माइक्रोम्याक्सले ललिपप ओएस भएको मोबाइल ल्यायो

काठमाडौं ।

काठमाडौँ, २४ फागुन । माइक्रोम्याक्सले आफना नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए९९ (Micromax Canvas Xpress A99) बजारमा उपलब्ध गराएको छ ।

माइक्रोम्याक्सले प्रस्तुत गरको नयाँ माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए९९ मा एन्ड्रोयड ५.० ललिपपको अपरेटिङ सिस्टम राखिएको कम्पनीले जनाएको छ । अपग्रेड नगर्दै पनि एन्ड्रोयड ५.० ललिपप भएको यो पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ । तर सन् २०१४ को चौथो क्वाटरमा बजारमा आएको यो फोन शुरुमा लन्च हुँदा एन्ड्रोयडको किटक्याट ४.४.२ भर्सनमा आधारित रहेको थियो । Micromax-A99

यसमा शक्तिशाली अपरेटिङ सिस्टमका साथै १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ । ग्राहकहरुको मोबाइल अनुभवलाई अझै प्रखर बनाउन यस फोनमा ४.५ इन्चको एफडब्लूभिजिए स्क्रिन छ जसमा आईपीएस टच स्क्रीन रहेको छ । यो मोबाईल फोनमा  ५ मेगापिक्सेलको रियर क्यामराका साथै ०.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ । यो मोबाईलमा एचडी क्वालिटीको भिडियो रेकर्डिंगको सुविधा रहेको छ ।

माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए ९९ मा ८ जीबीको आन्तरिक स्टोरेज क्षमता राखिएको छ जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ । यो फोनमा भएको ८ जीबीको स्टोरेजमध्ये ५.८५ जीबीमात्र प्रयोग गर्न सकिन्छ । यस फोनमा १ जीबीको र्याम पनि रहेको छ भने यसमा थ्रीजी, ब्लूटूथ, र जीपीएसको सूविधा पनि छ ।  दुई सीम प्रयोग गर्न सकिने यस फोनमा १९५० एमएएच क्षमताको ब्याट्रि छ जसले एकै पटकको चार्जबाट टूजी नेटवर्कमा ७ घण्टा सम्मको टकटाइम दिने कम्पनीको दाबी छ ।

यसमा हटनटको (Hot Knot) सुविधा पनि राखिएको छ जसबाट ग्राहकहरुले मोबाइलको स्क्रिनमा छोएर नै डाटाहरु अर्को मोबाइलमा सार्न सक्छन् । यसका लागि केवल फाइललाई सेलेक्ट गर्ने र त्यसपछि दुबै मोबाइलको स्क्रिनमा छुने अथवा हटनटमा थिचेर आफूलाई मनपरेको फोटो, भिडियो, गीत तथा अन्य विभिन्न पाइलहरु सेयर गर्न सकिन्छ ।

यसका साथै माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए ९९मा  हाईक, बुकमाईशो, क्लीन एस, गेम्स क्लब, मी इन्सूरेन्स, मी लाईभ, ट्रूकलर, ओपेरा मिनी जस्ता एप्लीकेसनहरु पहिलेदेखि नै राखिएको छ ।

माइक्रोम्याक्स क्यानभास एक्सप्रेस ए ९९ को बजार मूल्य १२ हजार  ८ सय १५ रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७१, आईतवार

ताजा समाचार