जियोनीको निकै आकर्षक र फरक देखिने ईलाइफ एस ७ सार्वजनिक

Technology Khabar १९ फाल्गुन २०७१, मंगलवार

जियोनीको निकै आकर्षक र फरक देखिने ईलाइफ एस ७ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १९ फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बार्सिलोनामा आयोजना भईरहेको मोबाइल वल्र्ड कंग्रेसमा नयाँ स्मार्टफोन ईलाइफ एस ७ (Elife S7) सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनमा कठिन डिजाइन र निकै पातलो र आकर्षक रहेको छ ।Gionee-1

यो स्मार्टफोन पहिले चर्चा गरिएजस्तो निकै पातलो भने छैन् । जियोनी ईलाइफ एस ७ को मोटाई ५.५ मिलिमिटर रहेको भएपनि यो निकै असरदार स्मार्टफोन भएको विश्लेषकहरुले उल्लेख गरेका छन् । यो फोनको मोटाई अघिल्लो स्मार्टफोन ईलाइफ एस ५.५ को बराबरको रहेको छ ।Gionee-2

यो स्मार्टफोनमा ५.२ इन्चको फुल एचडी सुपर अमोलेड डिस्प्ले रहेको छ जसको रिजोल्यूशन १९२०X१०८० पिक्सल छ । यो स्मार्टफोनको स्क्रीनले अन्य साधारण स्क्रीन भन्दा २५ प्रतिशत उर्जा कम खपत गर्ने बताईएको छ । यो स्मार्टफोनमा १.७ गीगाहर्जको कोर्टेक्स ए ५३ अक्टा कोर मिडिया टेक ६७५२ चीपसेट राखिएको छ भने २ जीबीको र्याम रहेको छ । जियोनीको नयाँ फोन ६४ बीट प्रोसेसर युक्त रहेको छ । 458773-hands-on-gionee-elif

यो स्मार्टफोनमा भएका कयौं कुलिंग एरिया तथा हिट रेडिएशन मेटेरियल्सले गर्दा यो फोन अन्य प्रतिस्पर्धि फोनहरु जस्तो नतात्ने जियोनीले जनाएको छ ।
यो स्मार्टफोनको आन्तरिक स्टोरेज क्षमता १६ जीबीको छ भने यो फोन एन्ड्रोयड ललिपप ५.० मा आधारित छ ।

यो फोनको अर्को आकर्षण भनेको यसमा भएको क्यामरा हो । यति पातलो फोनमा पनि १३ मेगापिक्सलको रियर क्यामरा राखिएको छ । त्यसैगरी यसमा ८ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । रियर क्यामरा ३०० एमएसमा फोकस हुन्छ भने यसको क्याप्चर सट ५०० एमएस रहेको छ ।gionee-elife-s7-02

जियोनी ईलाइफ एस७ मा ठूलो खालको स्पीकर राखिएको छ, जुन एनएक्सपीद्धारा (NXP) संचालित छ । त्यसैगरी यसमा डिटिएस अडियो इन्हान्समेन्ट पनि रहेको छ ।

यसमा २७५० एमएएच ब्याट्री रहेको छ भने अनेकौं पावर सेभिंग फीचर पनि छन् । जियोनीका अनुसार कम्पनीले ३२ प्रतिशत ब्याट्रीको जीवन सुरक्षामा सुधार गरेको छ जुन २ दिनसम्म पुग्दछ । यसमा आकस्मिक अवस्थामा फोनका अन्य फीचरहरुमा रोक लगाउँछ र १० प्रतिशत चार्जमा पनि ३३ घण्टाको स्ट्यान्डबाई उपलब्ध हुनेछ ।gionee-elife-s7-photos-2

यो स्मार्टफोनको बढि अन्य साधारण मोबाइलहरुको भन्दा निकै फरक रहेको छ । यसको बडि केहि नलि आकारको रहेको छ जसलाई कम्पनीले यू सेप्स स्केलेटन (U-shaped Skeleton) भनेर भनेको छ । यो बडि एभिएसन ग्रेड अलोएद्धारा बनाईएको हो भने यसमा नानो मोल्डिंग प्लाष्टिकका साथै स्टीलनेस स्टीलको सुविधा पनि रहेको छ ।gionee-elife-s7-photos-7

यो फोनमा दुई वटा सिमका लागि सिम ट्रे राखिएको छ भने जियोमीले आफैंले निर्माण गरेको अमिगो ३.० प्लेटफर्मका साथमा यो स्मार्टफोन उपलब्ध हुनेछ । यो फोनले २ जी र थ्रीजीका साथै फोर जी एलटिई पनि सपोर्ट गर्दछ ।Gionee 3

जियोनी ईलाइफ एस ७ मकाउमा मार्च १८ तारिखमा तथा भारतमा अप्रिल ३ तारिखमा लन्च गरिने छ भने यसको बजार मूल्य ४ सय यूरो तोकिएको छ । यो स्मार्टफोन लस एन्सल्स ब्ल्याक, नर्थपोल ह्वाईट तथा माल्दीभ्स ब्लू कलरमा उपलब्ध रहनेछन् । एजेन्सीहरुको सहयोगमा ।

easy care

प्रकाशित: १९ फाल्गुन २०७१, मंगलवार