कोका–कोला नेपाली तारा ३ अब अन्तिम चरणमा

Technology Khabar १९ फाल्गुन २०७१, मंगलवार

कोका–कोला नेपाली तारा ३ अब अन्तिम चरणमा
Classic Tech

काठमाडौँ, १८ फागुन । सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को अन्तिम चरण सुरु भएको छ । कोका–कोला नेपाली तारा ३ मा उत्कृष्ट तीन प्रतियोगीहरुमा सुरेस लामा, प्रताप लामा र देबेस राई छनौट हुन सफल भएका छन् । कोका–कोला नेपाली तारा ३ को अन्तिम प्रदर्शन यहि २२ गते आर्मी अफिसर्स क्लबमा हुँदैछ ।

उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् र निर्णायकहरुले उनीहरुलाई अङ्क पनि दिएको आयोजकले जानकारी दिएको छ । अब सोहि अङ्कमा दर्शकहरुको भोट पनि जोडिने छ । भोटिङ लाइन २२ फागुन बिहान १० बजेसम्म खोलिने छ भने त्यसै दिनमा उत्कृष्ट तीन प्रतियोगीहरुले दर्शकहरुका लागि पनि गाउने छन् ।

प्रतियोगिता विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् ।

कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७१, मंगलवार

Comments are closed.

Loading...