इजरायलको कृषि प्रविधिबाट लाभ लिन राजदुतको आग्रह

Technology Khabar १९ फाल्गुन २०७१, मंगलवार

इजरायलको कृषि प्रविधिबाट लाभ लिन राजदुतको आग्रह
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १९ फागुन । नेपालका लागि इजरायलका राजदुत यारोन मेएरले सोमवार नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारी आवद्ध उद्योगी व्यवसायीहरुसँग भेटवार्ता गरे । नेपाल उद्योग परिसंघको सचिवालय थापाथलीमा भएको सो भेट नेपाल र इजरायलबिच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा केन्द्रित थियो ।

उक्त भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले व्यवसायिक कृषि र कृषि प्रविधिमा विश्वमै उच्च सफलता हासिल गर्न सफल इजरायलसँग आर्थिक तथा व्यवसायिक संवन्ध विस्तार गर्न सके बहुसंख्यक जनता कृषिमा आस्रित नेपालले आर्थिक विकासमा अपेक्षित सफलता हासिल गर्न सक्ने बताए । ‘इजरायलले कृषि एवं आधुनिक कृषि प्रविधिमा ठूलो फड्को मारेको छ, नेपाल कृषिमा आधारित देश भएको सन्दर्भमा इजरायलबाट धेरै लाभ लिन सक्छ,’ बस्न्यातले भने ।

सोही अवसरमा राजदुत मेएरले इजरायल नेपालसँगको आर्थिक तथा व्यवसायिक संबन्ध अझै गहन बनाउन इच्छुक रहेको बताए । ‘अहिलेको विश्वब्यापीकरणको जमानामा संसारको एक कुनामा विकास भएको प्रविधि र शिप सजिलै अन्य देशमा पनि फैलिने भएकाले इजरायलको कृषि प्रविधि र अवधारणा नेपालका लागि उपयोगी हुन सक्छ,’ मेएरले भने । अहिलेको अवस्थामा इजरायल खासगरी कृषि, पर्यटन, व्यवसायिक तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालको नीजि क्षेत्रसँग मिलेर काम गर्न चाहेको उनको भनाई थियो । कृषिको विकासका लागि अहिले पनि इजरायलले केही सहयोग गरिरहेको जनाउँदै यसलाई बढाइदै लगिने राजदुतको भनाई थियो ।

Sajilo Visa

प्रकाशित: १९ फाल्गुन २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार