Technology Khabar १८ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ फागुन । मोबाइल वल्र्ड कंग्रेसमा विभिन्न फोन तथा ग्याजेट्स सार्वजनिक हुने क्रम जारी छ । यहि सिलसिलामा अल्काटेलले अरेन्ज र फायरफक्सको सहकार्यमा नयाँ बजेट स्मार्टफोन अरेन्ज क्लिफ (Orange Klif) पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोन तल्लो श्रेणीको इन्ट्रि लेभलको स्मार्टफोन हो ।
अल्काटेलको अरेन्ज क्लिफ अहिलेको समयमा निकै सानो स्क्रीन अर्थात ३.५ इन्चको स्क्रीनमा उपलब्ध हुनेछ, जसमा ३२०X४८० पिक्सेल रिजोल्यूशन रहेको छ । यो स्मार्टफोनमा नाम उल्लेख नगरिएको मिडिया टेक चीपसेट प्रयोग गरिएको छ भने १ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ । यो फोनमा २५६ एमबीको र्याम छ भने ५१२ एमबीको स्टोरेज क्षमता रहेको छ । तर यसमा माइक्रो एसडी सर्पोट गर्दछ ।
यो स्मार्टफोन बजेट फोन भएपनि यसमा एलईडी फ्ल्याशसहितको २ मेगापिक्सेलको क्यामरा रहेको छ । अल्काटेलको अरेन्ज क्लिफमा १३०० एमएएच क्षमताको ब्याट्री रहेको छ भने यसमा एफ एम रिसिभर तथा जीपीएस फ०सन पनि रहेको छ ।
यो स्मार्टफोनमा थ्री जी सपोर्ट रहेको छ भने यसको डाउनलिंक स्पीड क्षमता २१ एमबीपीएस छ । दुई सिम प्रयोग गर्न मिल्ने यो स्मार्टफोन फायरफक्सको अपरेटिङ सिष्टम २.० इटेरेशनमा संचालित हुन्छ ।
प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार