होलीमा कलर्स मोबाइल किन्दा लखपति बन्ने योजना

Technology Khabar १८ फाल्गुन २०७१, सोमबार

होलीमा कलर्स मोबाइल किन्दा लखपति बन्ने योजना

काठमाडौं ।

काठमाडौं, १८ फागुन । कलर्स मोबाइलले होली पर्वको रंगीन अवसर पारेर यही फागुन १७ गतेदेखि बैशाख १७ सम्मका लागि कलर्स होलीको रङ्गमा लखपति अफर उपहार योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत हरेक कलर्स मोबाइल स्मार्ट फोनको खरीदमा खरीदकर्ताले एउटा स्क्य्राच कुपन प्राप्त गर्नेछन्, जसबाट रु.१ लाखसम्म नगद जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।

हरेक कलर्स मोबाइल स्मार्ट फोनको खरीदमा खरीदकर्तालाई एउटा स्क्य्राच कार्ड प्रदान गरिनेछ, जुन कार्ड कोट्याउँदा विभिन्न रङ्ग देख्न सकिनेछ र यसरी अँकित गरिएका रङ्गकै आधारमा खरीदकर्ताले तत्कालै नगद पुरस्कार हात पार्नेछन् । जस अनुसार सुन्तला रङ्ग भएमा रु.१ लाख, खैरो रङ्ग भएमा रु.५०,०००, हरियो रङ्ग भएमा रु.२५,०००, नीलो रङ्ग भएमा रु.१०,०००, पहेंलो रङ्ग भएमा रु.५,०००, खरानी रङ्ग भएमा रु.१,०००, सेतो रङ्ग भएमा रु.५०० र प्याजी रङ्ग भएमा रु.१०० नगद प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

योजनाको २ महिना अवधिभरमा खरीदकर्ताले आफू घर फर्कंदा केही न केही रकम पुरस्कार लिएरै जाने र योजना अवधिभर कलर्सले रु.१ लाख नगद हात पार्ने विजेताको नाम हरेक साता घोषणा गर्ने बताईएको छ ।

टेलिटक प्रा.लि.ले सन् २००९ देखि उपलब्ध गराएको कलर्स मोबाइलको नेपालमा १५ लाख भन्दा बढी ग्राहकहरुका साथ सबैभन्दा बढी बिक्री हुने मोबाइल बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार

ताजा समाचार