सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक, आकर्षक फीचरहरु समावेश

Technology Khabar १८ फाल्गुन २०७१, सोमबार

सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी एस६ तथा एस६ एज सार्वजनिक, आकर्षक फीचरहरु समावेश
फाईल फोटो
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ फागुन । यस पटकको मोबाइल वल्र्ड कांग्रेस २०१५ मा सबैको चासोको बिषय रहेको सामसुंगको ग्यालेक्सी एस ६ सार्वजनिक भएको छ । कोरियाली मोबाईल निर्माता कम्पनी सामसुंगले कांग्रेसको अवसर पारेर ग्यालेक्सी एस ६ तथा एस ६ एज आइतवार सार्वजनिक गरेको हो ।

कम्पनीले भन्दै आएको नेक्स्ट जेनेरेशन अफ ग्यालेक्सी स्मार्टफोन्सहरु एस ६ तथा एस ६ एज आइतवार सार्वजनिक गरेको हो । सामसुंगले यसअघि ल्याएको सिमित एडिसनको ग्यालेक्सी नोट एजबाट सफलहुँदै नयाँ एस६ एज पनि ल्याएको अनुमान गरिएको छ ।galaxys6edgenotificationsofficialjpg

यस अघिनै ग्यालेक्सीका यी दुई स्मार्टफोनहरुको बारेमा जानकारीहरु बेला बेलामा सार्वजनिक हुँदै आएका हुन् । ग्यालेक्सी एस ६ अघिल्लो संस्करणहरुभन्दा अगाडि रहेको छ भने यो स्मार्टफोन प्लास्टिकको खोलबाट ड्यूल ग्लास डिजाइनसहितको मेटल फ्रेममा परिवर्तन भएको छ ।S6 1

ग्यालेक्सीको एस ६ तथा एस ६ एज निकै आकर्षक भएपनि ग्यालेक्सी एस ६ डस्ट एण्ड वाटर प्रुफ नभएको बताईएको छ ।

एस ६ मा ५.१ इन्चको सूपर एमोलेड स्क्रिन रहेको छ, जसमा क्वाड एचडी रिजोल्यूशनसहित ५७७ पीपीआई डेन्सिटी रहेको छ । यसको स्क्रीनलाई कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित गरिएको छ । यसको होम कीले फींगरप्रिन्ट सेन्सर गर्दछ भने यसले सामसुंग पे सर्भिस सपोर्ट गर्दछ ।s62

सामसुंगको पे सर्भिस भिसा तथा मास्टरकार्डसँगको सहकार्यमा प्रयोग गर्न सकिनेछ ।

अर्कोतर्फ सामसुंग ग्यालेक्सी एस ६ एजको दुवै साइडको ग्लास घुमाउरो रहेको छ । तर यो घुमाउरोपना नोट एज जस्तो नभएको विश्लेषकहरुको भनाई छ । यो स्मार्टफोन पनि ५.१ इन्चको एमोलेड डिस्प्लेका साथ क्वाड एचडी रिजोल्यूशन भएको रहेको छ । यसमा पनि कोनिंग गोरिल्ला ग्लास ४ प्रयोग गरिएको छ ।s6 4

दुवै स्मार्टफोनमा साइनोज ७४२० चीप प्रयोग गरिएको छ, जुन स्न्यापड्रयागन ८१० चीपसेटभन्दा कम इनर्जि खपत गर्ने तथा कम तातो हुने रहेको बताईएको छ । यो चीपसेटमा अक्टा कोर ६४ बीट सीपयूका साथमा २.१ गीगाहर्जको कोरर्टेक्स ए ५७ रहेको छ । त्यसैगरी १.५ गीगहर्जको कोर्टेक्स ए ५३ पनि रहेको छ । यसमा ३ जीबीको एलपीडिडिआर फोर र्याम रहेको छ । एजेन्सीहरुको सहयोगमा_81326866_3bf31936-3566-4dd9-8df8-5219e297d924

यी दुबैमा आईएसओसेल क्यामरा सेन्सरसहितको १६ मेगापिक्सलको रियर क्यामरा छ । यसमा अप्टिकल इमेज स्टेबलाईजेशन, फेश डिटेक्सन अटोफोकश तथा सिंगल एलईडी फ्ल्याश रहेको छ भने फोर के भिडियो रेकर्ड गर्न सक्दछ । यसमा फ्रन्ट क्यामरा भने ५ मेगापिक्सलको रहेको छ ।

दुवै फोनहरु ३२ जीबी, ६४ जीबी र १२८ जीबी स्टोरेज क्षमतासहितका फोन हुन । एस ६ मा २५५० एमएएचको ब्याट्री तथा एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।galaxys6officialhomebuttonjpg-3

यी दुवै फोनहरु एन्ड्रोयडको ललिपप ५.० मा आधारित छन भने यस पटक सामसुंगले माइक्रोसफ्टसँगको सहकार्यमा ड्रपबक्सको प्रयोग गर्ने भएको छ, जसमा २ वर्षसम्म ग्यालेक्सी एस ६ प्रयोगकर्तालाई ११५ जीबीको वानड्राइभ स्टोरेज उपलब्ध गराउनेछ ।galaxys6edgeofficialcolors

यी दुबै फोनहरु यहि महिनासम्म बजारमा उपलब्ध हुने अनुमान गरिएको छ जुन चारकोल ब्ल्याक, कपर गोल्ड, इलेक्ट्रिक ब्यू तथा सिमेरी ह्वाइट कलरमा रहेका छन् ।

यो स्मार्टफोन नेपालमा भने अर्को महिनाको अन्त्यमा मात्र आउने अनुमान गरिएको छ । सामसुंगको मोबाइल फोन नेपालमा बिक्री गर्दै आएको आईएमएसका एक अधिकारीले ग्यालेक्सी एस ६ चैत्रको अन्त्यमा वा नयाँ वर्ष २०७२ ध्ध्को शुरुवातमा आउने संभावना रहेको जानकारी दिए ।

Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०७१, सोमबार

तपाइको प्रतिक्रिया