हुवावेले मेडियाप्याड एक्स२ तथा स्मार्टफोन वाई६३५ घोषणा गर्यो

Technology Khabar १७ फाल्गुन २०७१, आईतवार

हुवावेले मेडियाप्याड एक्स२ तथा स्मार्टफोन वाई६३५ घोषणा गर्यो

काठमाडौं ।

काठमाडौं, १७ फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे यो वर्ष वार्सिलोनामा भईरहेको मोबाइल वल्र्ड कांग्रेसमा(MWC 2015) अधिक मात्रामा वेयरेबल डिभाइसमा फोकस रह्यो । तर हुवावेले वेयरेबल डिभाइसमा ल्याएको स्मार्टवाचसँगै कम्पनीले एक जोडा टल्कब्याण्डहरु घोषणा गरेको छ ।Mediapad 1

हुवावेले कांग्रेसको अवसर पारेर नयाँ ट्याबलेटका साथै एलटीई सपोर्ट गर्ने इन्ट्रि लेभलको (LTE) स्मार्टफोन पनि ल्याएको छ ।

हुवावेले ल्याएको मेडिया प्याड एक्स२ MediaPad X2) ७ इन्चको कम्प्याक्ट ट्यालबेट हो, जसमा एलटीई कनेक्सनको सुविधा रहेकोछ, जसले आवश्यक परेको बेलामा फोन कल पनि गर्नसकिन्छ । यसमा १६ः१० रेसियो भएको १९२०X१२०० प्यानेल रहेको छ भने यसको किनारा निकै कम मोडिएको छ ।Huawei-MediaPad-X2

यो ट्याबमा कम्पनीको उच्चस्तरको चीपसेट प्रयोग भएको छ । यसमा ६४ बीटको किरिन ९३० चीपसेटका साथै २.० गीगाहर्जको अक्टा कोर प्रोसेसर राखिएको छ । यसको दुईवटा भर्सन बजारमा उपलब्ध हुनेछ, पहिलो १६ जीबीको स्टोरेजसहित १ जीबी र्याम भएको ट्याबलेट तथा दोस्रो भर्सनमा ३२ जीबीको स्टोरेजका साथै ३ जीबीको र्याम भएको ट्याबलेट रहेका छन् । यो ट्याबलेटको रियर क्यामरा १३ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सलको रहेको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।mediapad-x2

हुवावेको मेडियाप्याड एक्स २ लन्च हुनेबेलामा एन्ड्रोयडको ललिपप ५.० सहित बजारमा आउनेछ भने यसमा हुवावेको आफ्नै इमोशन यूआईको पछिल्लो संस्करण हुने बताईएको छ । यसको दुबै भर्सनमा दुई सिम सपोर्ट रहनेछ । यो फ्याबलेटले बजारमा निकै राम्राे बजार लिने अनुमान पनि गरिएकोछ ।

त्यसैगरी हुवावेले नयाँ स्मार्टफोन हुवावे वाई६३५ (Y635) पनि घोषणा गरेको छ । यो स्मार्टफोनमा ५ इन्चको ८५४X४८० पिक्सेल रिजोल्यूशन भएको डिस्प्ले राखिएको छ । यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने १ जीबीको र्याम रहेको छ । यसको इन्टरनल स्टोरेज निकै कम अर्थात ४ जीबीको मात्र छ तर यसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ ।Phone Y 635 1

यो स्मार्टफोनमा सिंगल एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । यसमा परिवर्तन गर्न सकिने २००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी दुवैको बजार मूल्य भने हाल जानकारीमा छैन् । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार