कार्बनको अल्ट्रा लो बजेट फोन टाइटानियम ड्याजल

Technology Khabar १७ फाल्गुन २०७१, आईतवार

कार्बनको अल्ट्रा लो बजेट फोन टाइटानियम ड्याजल

काठमाडौं ।

काठमाडौं, १७ फागुन । कार्बनले लो बजेटमा आफ्नो टाइटानियम स्मार्टफोन सिरिजको नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनीले टाइटानियम सिरिजमा ड्याजल (Dazzle) नामक नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यो बजेट स्मार्टफोनमा ५ इन्चको एफडब्लूभिजिए (FWVGA) पिक्सल रिजोल्यूशनसहितको डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा अटोफोकस सुविधासहितको ५ मेगापिक्सलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको रहेको छ ।

यो स्मार्टफोनको प्रोसेसर १.२ गीगा क्वाड कोर रहेको छ । फोनमा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

कार्बनको टाइटानियम ड्याजलमा २१ वटा भाषाहरु सर्पोट गर्दछ । यो फोनमा स्वाइप, स्मार्ट आईजस्ता जेस्चर फीचर पनि रहेको छ । स्वाइपको मद्धतले प्रयोगकर्ताले आफ्नो औंलाद्धारा एक स्वाइपमा गित परिवर्तन गर्नसक्दछ भने स्मार्ट आईको प्रयोगद्धारा आफ्नो आँखाको एक्टिभिटीलाई पढ्दछ । यदि तपाईँले यो फोनमा कुनै भिडियो हेरिरहनुभएको छ र केहि गरि तपाईँले आफ्नो दृष्टि मोबाइलको डिस्प्लेबाट हटाउनुभयो भने स्क्रीन आफैं बन्द हुनेछ ।

यो फोन एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित छ भने यसमा कनेक्टिभिटीको लागि ब्लूटूथ, हटस्पट, जीपीएसको अप्शन छ । कार्बनको नयाँ टाइटानियम ड्याजलमा १८०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।कम्पनीले यसको बजार मूल्य ५ हजार ४ सय ८० भारतीय रुपै‌या तोकेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार

ताजा समाचार