होलीको अवसरमा हुवावे मोबाइलको अनर होली हंगामा

Technology Khabar १७ फाल्गुन २०७१, आईतवार

होलीको अवसरमा हुवावे मोबाइलको अनर होली हंगामा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १६ फागुन । हुवावे मोबाईलले काठमाडौंको पाको, न्यूरोड क्षेत्रमा रंगहरुको चाड होलीको अवसर पारेर हुवावे अनर होली हंगामा ल्याएको छ । काठमाडौंको पाको, न्यूरोडक्षेत्रमा हुवावेको अनर होली मोबाईल खरिदमा लागू हुनेगरी अनर होली हंगामा योजना अगाडि ल्याएको हो ।
हुवावे मोबाईलको पाको, न्यूरोड क्षेत्रको लागि एक मात्र अधिकृत बितरक टेलि टू प्रा.लि.ले नेपालीहरुको महान चाड होलीको अवसर पारेर अनर होली हंगामा योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।
मार्च १ तारिख (फागुन १७ गते) देखि मार्च ८ तारिख (फागुन २४ गते) सम्म आयोजना गरिने हुवावे अनर होली हंगामामा विभिन्न्न अफरहरु ल्याएको टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा २१ गते होली (फागु पुर्णिमा) र तराईमा २२ गते होली मनाउने गरिन्छ ।
पाको, न्यूरोड क्षेत्रका पसलहरु तथा ताम्राकार कम्प्लेक्समा रहेका कुनैपनि पसलहरुमा हुवावेको अनर होली स्मार्टफोन खरिद गर्दा आकर्षक टिसर्ट, नगद छुट तथा स्योर सट उपहार दिईने कम्पनीले जानकारी दिएको छ ।
‘अनर होली हंगामाको अवधिभर अनर होली खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्कि ड्रको माध्यमबाट एक जनाले हुवावे अनर होली पुरस्कार जित्न सक्नेछन्,’ अध्यक्ष बस्नेतले भने, ‘होलीको माहौललाई उल्लासमय बनाउन विभिन्न उपहारहरु स्योर सटमा दिईनेछ ।’ कम्पनीले स्योर सट उपहारमा होली खेल्न आवश्यक पर्ने पिच्कारी, रंगहरु, बेलुनहरुलगायतका आकर्षक वस्तुहरु गिफ्ट ह्याम्परमा दिईने जनाएको छ ।
टेलि टूले रंगहरुको उत्सव होलीको अवसर पारेर होली मोबाईल खरिदगर्ने ग्राहकहरुलाई उत्साहित बनाउँदै न्यूरोड क्षेत्रलाई नै  पूर्णरुपमा होलीमय बनाउने उदेश्यका साथ योजना ल्याएको स्पष्ट पारेको छ ।
कम्पनीका निर्देशक रोशन बिष्टले चीनियाँ कम्पनी हुवावे अहिले विश्वको प्रमुख १० मोबाइल कम्पनीमा पर्ने भन्दै नेपालमा पनि यो ब्राण्डका मोबाइलहरुको माग अधिक भएको बताए । निर्देशक विष्टले न्यूरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको दाबी गरे । हुवावेको अनर होली मोबाइलको अधिकतम खुद्रा मुल्य १३ हजार ९ सय ९९ रुपैंया रहेको कम्पनीले जानकारी दियो ।
अनर होली हंगामा अवधिभर ताम्राकार कम्प्लेक्ससहित पाको, न्यूरोड क्षेत्रमा रहेका कुनैपनि पसलबाट ग्राहकहरुले हुवावेको अनर होली मोबाइल खरिद गर्दा स्योर सट उपहारका साथै छुटसहित लक्कि ड्रमा सहभागी हुनसक्नेछन् ।
हुवावे अनर होलीको बारेमा
काठमाडौं, ६ फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ल्याएको अनर होली स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेक ६५८२ प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एलसीडी क्यापासीटिभ टचस्क्रीन रहेको छ, जसमा ७२०X१२८० को रिजोल्यूशन छ ।
दुई सिम प्रयोग हुने यो स्मार्टफोनमा १ जीबीको र्याम रहेको छ जसले विभिन्न एप्सहरु प्रयोग गर्न निकै सहज हुनेछ । विभिन्न एप्स तथा डकुमेन्टहरु, तस्विरहरु संग्रह गर्न पर्याप्त स्टोरेज अर्थात १६ जीबीको स्टोरेज क्षमता रहेको छ, जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
एन्ड्रोयडको किटक्याट ४.४.२ भर्सनमा आधारित यो फोनमा डे ड्रिम भन्ने अप्सन पनि रहेको छ जसले फोन स्लिप मोडमा वा चार्ज गरिरहेको समयमा स्क्रिनमा घडि वा कलर अप्सन राख्न सकिन्छ । यो स्मार्टफोनमा विभिन्न खालका आकर्षक वालपेपरहरु रहेका छन् ।
यसको एप्सको कुरा गर्दा यसमा फेसबुक र ट्विटर पहिले नै राखिएको छ भने टूल एप भित्र प्रयोगकर्ताले वेदर, फ्ल्याशलाईट, क्यालकुलेटर, साउण्ड रेकर्डर, एफ एम लगायत ९ वटा एप्स रहेका छन् । त्यसैगरी गूगलका सबै एप्स गूगल नामको एकै एपमा मिलाएर राखिएको छ जसमा आफैंले थप वा घटाउन पनि सकिन्छ । यसमा तपाईँले क्रोम, जीमेल, यूट्यूब, गेम्सलगायतका अन्य एप्स चलाउन सक्नुहुनेछ ।
यो स्मार्टफोनमा रहेको अर्को महत्वपूर्ण पक्ष भनेको यसको क्यामरा हो । यो स्मार्टफोनमा ८ मेगापिक्सलको अटोफोकश रियर क्यामरा तथा २ मेगापिक्सलको फ्रन्ट फेशिङ क्यामरा रहेको छ । यसमा फेश डिटेक्सन, फेश ब्यूटी, एन्टी फ्लिकर अप्सन पनि रहेको छ । यसमा अँध्यारोमा फोटो खिच्नको लागि अटो फ्ल्याशको सुविधा भएपनि यसको क्यामराले अँध्यारोमा भने आफूले चाहेको गुणस्तरको फोटो खिच्न सक्दैन् ।
समग्रमा हेर्दा यसको लूक्स निकै स्टायलिस र स्लिक रहेको छ भने परफरमेन्स पनि उत्कृष्ट छ । स्थानिय बजारमा १३ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध हुने यो स्मार्टफोन मिड रेन्जको स्मार्टफोन हो । यो मूल्यमा अन्य फोनहरु बजारमा रहेपनि एचडी क्वालिटीको भिडियो हेर्ने सुविधासहितको केहि ठूलो स्क्रीन चाहने ग्राहकलाई यो आकर्षक हुनसक्र्दछ । केहि रकम खर्च गरेर आकर्षक फीचरसहितको स्मार्टफोन चाहने युवाहरुलाई हुवावेको अनर होली स्मार्टफोन उपयुक्त हुनसक्दछ ।
२००० एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोन सेतो तथा कालो रंगमा उपलब्ध छ ।
Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार