सोनीले मध्यमस्तरको स्मार्टफोन ई ४ लन्च गर्यो

Technology Khabar १५ फाल्गुन २०७१, शुक्रबार

सोनीले मध्यमस्तरको स्मार्टफोन ई ४ लन्च गर्यो

काठमाडौं ।

काठमाडौं, १५ फागुन । जापानीज इलेक्ट्रोनिक्स कम्पनी सोनीले एक्सपेरिया सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोनीले एक्सपेरिया ई को फोर जी भेरियन्ट लन्च गरेको हो । यो स्मार्टफोन सोनीले यो फ्रेब्रुअरी महिनाको शुरुवातमा लन्च गरेको एक्सपेरियाको फोर जी भेरियन्ट हो ।

सोनीले ल्याएको यो स्मार्टफोनको बजार मूल्य १ सय २९ यूरो तोकिएको छ । यो फोन आगामी अप्रिल महिनादेखि विश्वव्यापीरुपमा बिक्रीका लागि उपलब्ध हुने बताईएको छ ।Sony-Xperia-E-Dual

यो स्मार्टफोनको दुईवटा मोडलहरु उपलब्ध रहेका छन् । एउटामा सिंगल सिम प्रयोग हुनेछ भने अर्कोमा दुईवटा सिम प्रयोग गर्न सकिनेछ । कम्पनीले हालसम्म यी दुईवटा मोडलहरुको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन् । यी दुवै स्मार्टफोनहरु एक्सपेरिया ई जस्तै मध्यम श्रेणीका हुन् ।news-sony-xperia-e4

एक्सपेरिया ई ४ मा २३०० एमएएचको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यो फोनको ब्याट्रीले दुई दिनसम्मको टक टाईम दिनेछ । यो स्मार्टफोनको ब्याट्रीमा स्टेमिना तथा अल्ट्रा स्टेमिना मोड राखिएको छ जसको कारणले ब्याट्री निकै कम खपत हुनेछ । त्यसैगरी यसको ब्याट्री सकिएमा यो फोनमा रहेका केहि महत्वपूर्ण एपबाहेक अन्य एप तथा ब्याकग्राउण्ड विण्डोज आफैं बन्द हुनेछ ।

सोनी एक्सपेरिया ई ४ एन्ड्रोयड किटक्याट ४.४.४ भर्सनमा आधारित रहेको छ जुन ललिपपमा अपग्रेडेबल हुनेछ । यो फोन २०१४ को आईएफएको अवसरमा ग्लोबली लन्च भएको थियो जसको बजार मूल्य १ सय ४९ यूरो तोकिएको थियो ।

सोनीको यो स्मार्टफोनमा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी रहेको छ । १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक प्रोसेसर भएको ई ४ स्मार्टफोनमा ५ मेगापिक्सलको रियर क्यामरा तथा २ मेगापिकसलको फ्रन्ट क्यामरा रहेको छ ।

महंगा स्मार्टफोनको लागि परिचित सोनीको लो बजेट स्मार्टफोनमा यो नयाँ कदम हो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १५ फाल्गुन २०७१, शुक्रबार

ताजा समाचार