परिसंघले आपूर्ती सृङ्खला व्यवस्थापनको तालिम सञ्चालन गर्ने

Technology Khabar १५ फाल्गुन २०७१, शुक्रबार

परिसंघले आपूर्ती सृङ्खला व्यवस्थापनको तालिम सञ्चालन गर्ने

काठमाडौं ।

काठमाडौं, १५ फागुन । नेपाल उद्योग परिसंघले औद्योगिक व्ययवसाय विकास प्रतिष्ठानसँग मिलेर आपूर्ती सृङ्खला व्यवस्थापनमा अन्तरराष्ट्रिय स्तरको तालिम सञ्चालन गर्ने भएको छ । त्यसका लागि परिसंघले बिहीवार औद्योगिक तथा व्यवसायिक तालिम र उद्यमशिलता विकासका क्षेत्रमा लामो समय देखि काम गरिरहेको सरकारी संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान एक सहमतीपत्रमा हस्ताक्षर गरेको छ । परिसंघले आन्तरिक तथा बाह्य व्यापार सहजिकरणका साथै लगानी प्रवद्र्धनका क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु सँग काम गरिरहेको छ ।

बिहीवार राजधानीमा आयोजित कार्यक्रममा परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने र आइडीईआईका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरे । नेपालमा आपूर्ती सृङखला व्यवस्थापनका क्षेत्रमा आवश्यक दक्ष जनशक्ती उत्पादन गर्ने तथा सरकारी, गैर सरकारी र नीजि संघसंस्थामा काम गरिरहेका व्यक्तीहरुको क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय व्यापार केन्द्रको पाठ्यक्रममा आधारित तालिम सञ्चालन गर्न लागिएको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै परिसंघका महानिर्देशक न्यौपानेले देश भित्रै सम्भावना भएका क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न सरकारी तथा नीजि संस्थाको यो सहकार्य महत्वपूर्ण हुने बताए । आइडीईआईका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईले आइटीसीबाट संवन्धन प्राप्त डिप्लोमा स्तरको पाठ्क्रम भएको र आइटीसी बाटै परिक्षा लिएर सफल प्रशिक्ष्यार्थीलाई योग्यताको प्रमाणपत्र उपलब्ध गराइने हुनाले यो तालिम लिएका ब्यक्तीहरु स्वदेशी एवं विश्व बजारमा सहजै रोजगारीको अवसर प्राप्त हुन सक्ने धारणा राखे ।

यो कार्यक्रम लोकप्रिय र सफल भएमा औद्योगिक तथा व्यवसायिक क्षेत्रमा विकसित भएका विभिन्न नविन विषयहरुका पनि तालिम तथा क्षमता विकासका लागि काम गर्ने परिसंघको योजना छ । तालिमको विषयमा छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर विश्यविद्यालय, गैरसरकारी संस्था र विकास साझेदारका साथै नीजि क्षेत्रका प्रतिनिधिहरुलाई विस्तृत जानकारी गराइने सहमती भएको छ ।

Sajilo Visa

प्रकाशित: १५ फाल्गुन २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार