चीनियाँ एप्पल भनिने शिओमी ब्राण्ड नेपाल भित्रीयो, मार्चदेखि औपचारिक बिक्री शुरु

Technology Khabar १४ फाल्गुन २०७१, बिहीबार

चीनियाँ एप्पल भनिने शिओमी ब्राण्ड नेपाल भित्रीयो, मार्चदेखि औपचारिक बिक्री शुरु

काठमाडौं ।

काठमाडौं, १४ फागुन । चीनियाँ एप्पल भनेर चिनिने स्मार्टफोन शिओमी अब आधिकारीक रुपमा नेपाल भित्रिएको छ । शिओमीको नेपालका लागि आधिकारिक बितरकको रुपमा मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालि नियुक्त भएपछि शिओमीका स्मार्टफोनहरु नेपालमा नै उपलब्ध हुन थालेका हुन् ।

आधिकारिक बितरक भएपछि मोबिल्याण्डले शियोमीका केहि मोडलहरु बिक्री शुरु गरिसकेको कम्पनीका ग्रुप सिईओ सुवर्ण महर्जनले जानकारी दिए । ‘आधिकारिकरुपमा हामीले रेडमी नोट र एमआई ३ स्मार्टफोनको अनलाईन बिक्री शुरु गरिसकेका छौं, महर्जनले भने, ‘अब हामी मार्चको दोस्रो सातादेखि शिओमीका सबै मोडलका स्मार्टफोन तथा ट्याबलेटहरु नेपाली बजारमा बिक्री गर्नेछौं ।’ हाल सानो परिमाणमा मात्र स्मार्टफोनहरु बिक्री गरिरहेको भन्दै उनले मार्चदेखि औपचारिक कार्यक्रमका साथ नेपालमा शिओमी ब्राण्डको बिक्री शुरुवात गर्ने बताए ।Mobiland

कम्पनीले विगत ६ महिनादेखि शिओमीका मोबाईल तथा ट्याबलेटहरु नेपाल भित्र्याउने तयारी गरेपनि चीनमा नै त्यसको मागअनुसारको उत्पादन गर्न नसक्दा नेपालमा बिक्री शुरु हुन सकेको थिएन् । तर कम्पनीले चीनियाँ नयाँ वर्षको बिदा भन्दा अगाडि नै बिक्रीका लागि स्टकमा रहेका विभिन्न मोडलका स्मार्टफोनहरु नेपाल भित्र्याएको हो । ‘हाम्रो माग अनुसारको आपूर्ति कम्पनीले नदिएपनि कम्पनीको स्टकमा रहेका र बिक्रीका लागि ठिक्क पारिएका फोनहरु नेपाल ल्याउन सफल भएका छौं, सिईओ महर्जनले भने ।

मोबिल्याण्डले हाल शिओमीका केहि मोडलहरु आफ्नो अनलाईन स्टोरमा राखेको जानकारी दिएको छ । अहिलेसम्म कम्पनीले रेडमी नोट २ सय सेट बिक्रीका लागि राखेकोमा ५० सेटको डेलिभरी गरिसकेको तथा ५ सय सेट एमआईथ्री स्मार्टफोन बिक्रीका लागि राखेकोमा करिब १ सय ५० थान सेट डेलिभरी गरिसकेको सिईओ महर्जनले जानकारी दिए ।

मोबिल्याण्डले आगामी दिनमा अनलाईनका साथै विभिन्न स्थानमा डिस्ट्रिब्यूटरहरु राखेर पनि चीनियाँ ब्राण्ड शिओमीका मोबाईल फोनहरु बिक्री गर्ने जनाएको छ ।

कम्पनीको अनलाईनमा रेडमी नोटको अनलाईन मूल्य १९ हजार ९ सय ९० तोकेको छ भने एमआई थ्रीको अनलाईन खरिद मूल्य २७ हजार ९ सय ९९ रुपैंया तोकेको छ ।

कम्पनीले हाल अनलाईनमा एमआई ४ स्मार्टफोनको मूल्य ४४ हजार ९ सय ९९ रुपैंया तोकेको छ भने रेडमी वान एसको अनलाईन मूल्य १४ हजार ९ सय ९९ रुपैंया तोकेको छ । तर दुवै मोडलका स्मार्टफोनहरु मार्चको दोस्रो सातादेखि मात्र उपलब्ध हुने कम्पनीले जानकारी दियो ।

२०६८ सालमा विभिन्न ब्राण्डका मोबाईल सेटहरुका लागि वितरक तथा बिक्रेताको रुपमा स्थापना भएर मोबिल्याण्डले काम गर्दै आएको छ भने विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामाग्रीहरुको शोरुम पनि संचालन गरिरहेको छ ।

Sajilo Visa

प्रकाशित: १४ फाल्गुन २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार