मोबाइल महोत्सवको बम्पर पुरस्कार पेशल पौडेलले हात पारे

Technology Khabar १३ फाल्गुन २०७१, बुधबार

मोबाइल महोत्सवको बम्पर पुरस्कार पेशल पौडेलले हात पारे
मोबाइल महोत्सव २०१५ को फाईल फोटो

काठमाडौं ।

काठमाडौं, १२ फागुन । ताम्राकार कम्प्लेक्समा सम्पन्न भएको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेमा राखिएको बम्पर पुरस्कार भक्तपुरका पेशल पौडेलले हात पारेका छन् । कम्प्लेक्समा भएको बम्पर पुरस्कारको लक्की ड्रमार्फत पौडेलले पुरस्कार हात पारेका हुन् ।

पौडेलले बम्पर पुरस्कारमा ८० हजार रुपैंया बराबरको मोबाईल हात पारेको महोत्सव आयोजक समितीले जानकारी दिएको हो । पौडेलले महोत्सवमा ताम्राकार कम्प्लेक्समा सामसुंग एस मोबाईल खरिद गरेका थिए ।Winner-Name

नेपालको एक मात्र र पहिलो मोबाईल कम्प्लेक्सको रुपमा रहेको ताम्राकार कम्प्लेक्सले ग्राहकहरुलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको थियो । फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना गरिएको थियो । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएको थियो । हरेक दिनको लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिईएको आयोजकले जनाएको छ ।

ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन महोत्सवको अवधिभर मोबाईल खरिद गर्ने ग्राहकहरुको कुपन संकलन गरि ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिईएको बताईएको छ ।

हालसम्म महोत्सव अवधिभर क्यासब्याक अफर तथा डोर प्राईजमा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नाम यस प्रकार छ ।

फागुन १ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर २०८७, नाम कर्मा सांगे लामा

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

कुपन नम्बर ३०६१, कुपन नम्बर ५६६५ र कुपन नम्बर ४६३६

फागुन २ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर ४४४७, नाम रुद्र अधिकारी

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

कुपन नम्बर ७९१६, कुपन नम्बर ६६७० र कुपन नम्बर ९०८५

फागुन ३ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर ४५०३,रविन्द्र

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

सहदेव पौडेल, दामोदर पन्थ र नारायण बयक

फागुन ४ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर ४३४४, नाम अमन लामा

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

व्यक्तिको नामः सावित्रा, भरत र रिवास

फागुन ५ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर २५५१, सबिन बिष्ट

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

व्यक्तिको नामः लडाक दोर्जे, ईश्वर र सोम लामा

फागुन ६ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर ०२५५२, नाम रोशन

डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

व्यक्तिको नामः संगिता सुबेदी, सागर र सक्षम घिमिरे

फागुन ७ गतेका बिजेताहरु

  • क्यासब्याक अफर तथा ३० हजार बराबरको मोबाइलका दैनिक लक्की ड्रका बिजेता

कुपन नम्बर ६६७६, नाम प्रमिला पोखरेल

  • डोर प्राइजअन्तरगतको लक्की ड्रका बिजेता

व्यक्तिको नामः चेतना, प्रतिक्षा र अर्चना घिमिरे

Sajilo Visa

प्रकाशित: १३ फाल्गुन २०७१, बुधबार

तपाइको प्रतिक्रिया