जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००

Technology Khabar १२ फाल्गुन २०७१, मंगलवार

जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ११ फागुन । भारतीय स्मार्टफोन उत्पादक कम्पनी लाभा (LAVA) ले जोलो ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले जोलोको नयाँ स्मार्टफोन विण्डोज अपरेटिङमा आधारित भएर सार्वजनिक गरेको हो । जोलोको वीन क्यू १००० (Xolo Win Q 1000) स्मार्टफोन सार्वजनिक गरेपनि विश्व बजारमा यो स्मार्टफोन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् ।XOLO-Win-Q1000

जोलोको नयाँ स्मार्टफोन वीन क्यू १००० मा स्न्यापड्रायागन २०० चीपसेट प्रयोग गरिएको छ भने यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर तथा एड्रेनो ३०२ जीपीयू रहेको छ । यो स्मार्टफोनमा ५ इन्चको आईपीएस डिस्प्ले छ जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ भने २९४ पीपीआई पिक्सेल रहेको छ ।xolo-win-q1000-mobile-phone-large-1

एक जीबीको र्याम तथा ८ जीबीको इन्टरनलमेमोरीका साथ उपलब्ध हुने यो स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यो फोनमा ८ मेगापिक्सलको रियर क्यामरा तथा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । ८.८ मिलिमिटर पातलो जोलो वीन क्यू १००० स्मार्टफोनमा २२०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

विण्डोज फोनको रुपमा आएको नयाँ स्मार्टफोनमा विण्डोजको विण्डोज फोन ८.१ भर्सन राखिएको छ जसको बजार मूल्य भने ८ हजार ४ सय ९९ भारतीय रुपैंया अर्थात १ सयय ३७ अमेरिकी डलर तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार