अस्कर अवार्ड बर्डम्यानको पोल्टामा

Technology Khabar ११ फाल्गुन २०७१, सोमबार

अस्कर अवार्ड बर्डम्यानको पोल्टामा

काठमाडौं ।

काठमाडौ, ११ फागुन । चलचित्रक्षेत्रको सबैभन्दा ठूलो र सम्मानजनक अस्कर अवार्ड वितरण गरिएको छ। ८७ औं एकेडेमी अवार्डमा फिल्म बर्डम्यान (द अनएक्सपेक्टेड भर्च्यु अफ इग्नोरेन्स) ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। एलेक्जान्ड्रो इनयारिटूलाले सो फिल्मबाट उत्कृष्ट निर्देशक अवार्ड हात पारेका छन्। द ग्रान्ड बुडापेस्ट होटल, द इमिटेसन गेम जस्ता फिल्मलाई पछि पार्दै बर्डम्यानले यो वर्षको अस्कर जितेको हो।

वैज्ञानिकस्टेफन हकिन्सको जीवनीमा आधारित फिल्म द थिओरी अफ एभ्रिथिङको अभिनयकालागि एडी रेडमाले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न सफल भए। स्टिल एलिसमा आफ्नो उत्कृष्ट भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जुलियन मुरले जितिन्।अल्जाइमर रोगको सामना गरिरहेकी उनले सो फिल्ममा डाक्टरको भूमिका निर्वाह गरेकी छिन्।

सर्वोत्कृष्ट सहयायक अभिनेत्रीको अवार्ड ब्वाइहुड फिल्मका लागि पेट्रेसिया आर्केटले हात पारिन्। फिल्ममा उनले एकल आमाको भूमिका निर्वाह गरेकी छिन्। यसैगरी सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड ह्विपलेस फिल्मका लागि जेके सिमन्सले हात पारेका छन्।

डिज्नीको बिग हिरो ६ ले अस्करमा सर्वोत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड जित्यो भने विदेशी फिल्म तर्फको अवार्ड फिल्म इडाले हात पारेको छ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७१, सोमबार