Technology Khabar ११ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ फागुन । कम्प्यूटर वा ल्यापटपको स्पीडलाई लिएर अधिकांश व्यक्तिहरुले गुनासो गरिरहेको भेटिन्छ । पुरानो कम्यूटर प्रयोगकर्ता मात्र नभएर नयाँ कम्प्यूटर खरिद गरेका व्यक्तिहरुले पनि कम्प्यूटर खोल्दा निकै ढिलो भएको गुनासो गर्ने गरेको हामीले सुन्ने गरेका छौं ।
तर के तपाईँलाई थाहा छ कम्प्यूटरको गतिलाई बढाउन सकिने उपाय पनि छ भनेर ?
हामी ढिलो खुल्ने कम्प्यूटरलाई छिटो खुल्ने बनाउने पाँच सरल उपायहरुको बारेमा यहाँ जानकारी दिनेछौं । यी उपायहरु अबलम्बन गर्न न कुनै कम्प्यूटर प्राविधिकको आवश्यकता छ न त कुनै कम्प्यूटर विज्ञको नै ।
१. हार्ड डिस्कलाई डीफ्रयाग्मेन्ट (De-fragment) गर्नुहोस् ।
तपाईँलाई डीफ्रयागमेन्टको अर्थ के हो भन्ने थाहा नहुन सक्दछ । तर यो कम्प्यूटरका लागि निकै महत्वपूर्ण हो भन्ने थाहा पाउँदा तपाईँलाई आश्चार्य पनि लाग्दो हो ।
साँचो अर्थमा भन्दा डीफ्रयाग्मेन्टेशनले डाटालाई आवश्यकता अनुसार सफा गर्ने र मिलाएर फाईलहरुलाई पढन तथा त्यससम्म पुग्नको लागि कम्प्यूटरको गतिलाई बढाईदिन्छ ।
प्रयोगकर्ताले फाईलहरु सुरक्षित राख्ने उपायका कारण समयका साथ साथै हार्ड डिस्कको गतिमा पनि सुस्तता आउँदछ ।
हार्ड डिस्कमा आवश्यकताअनुसार फाईलहरु बनाउने र हटाउने (डिलिट) गरिन्छ, यो सूचना एकै स्थानमा रहनुको साटो विभिन्न टुक्राहरुमा बाँडिन्छ र डिस्कको विभिन्न भागमा सुरक्षित भएर बस्दछ । यहि कारणले गर्दा कम्प्यूटरलाई कुनै फाईल खोज्न निकै कठिन हुने गर्दछ ।
यसैले पुरा डिस्कमा रहेका विभिन्न सूचनाहरुको ब्लकलाई व्यवस्थित गरेर तपाईँले कम्प्यूटरको मेमोरीको खाली भागलाई बढाउन त सक्नुहुन्छ नै साथमा तपाईँलाई यी सूचनाहरुलाई खोज्न पनि निकै सहज बनाईदिन्छ ।
डीफ्रयाग्मेन्टेशन गर्नु निकै सरल रहेको छ भने यसका लागि कयौं प्रोग्रामहरु उपलब्ध रहेका छन् । यसमध्ये स्मार्ट डीफ्र्याग ३ (माइक्रोसफ्ट विण्डोज ८.१ लागि) अथवा आईडीफ्र्याग (एप्पलको अपरेटिङ सिष्टम एक्सका लागि) ।
२. अनावश्यक फाईलहरुलाई हटाउनुहोस् ।
बजारमा निकै उच्च क्षमता भएका हार्ड डिस्कहरु उपलब्ध रहेका छन् । आजभोली २ सय जीबीको भन्दा कमको हार्ड डिस्क छ भने केहि समयमा नै भरिन्छ । त्यसैले यो हार्ड डिस्क जति भरिन्छ त्यति कम्प्यूटरको गति सुस्त हुन्छ ।
तपाईँको कम्प्यूटरमा निकै पुराना फाईलहरु हुनसक्दछन्, जुन तपाईँले आगामी दिनमा प्रयोग गर्नुहुन्न् । यस्ता फाईलहरुले कम्प्यूटरको निकै स्थानहरु ओगटेर बसेका हुन्छन् ।
कुनै एप डाउनलोड गरेजस्तै यस्ता फाईलहरु हटाउन निकै सहज छ ।
बजारमा यस्ता कयौं प्रोग्राम छन् । तपाईँले स्पेसस्निफर वा वीनडर्टस्टेट जस्ता प्रोग्रामको सहयोगमा कुन फाईलले तपाईँको कम्प्यूटरको हार्ड डिस्कमा सबैभन्दा धेरै स्थाना ओगटेको छ, निकै सहजरुपमा थाहा पाउन सक्नुहुनेछ ।
यदि तपाईँसँग ओएस एक्समा आधारित म्याक कम्प्यूटर छ भने फाइण्डर सर्च सेवाको सहयोगमा यो काम गर्न सक्नुहुनेछ । यो सेवा मार्फत तपाईँले म्याक कम्प्यूटरमा एप, प्रोग्राम, हार्ड डिस्क, फाईल्स, फोल्डर तथा डिभीडी ड्राईभको बारेमा दृश्य तथा व्यवहारिक दुवै तरिकाले थाहा पाउनसक्नुहुनेछ । यसमा कुनैपनि सामाग्री हेर्नसक्नुहुनेछ भने त्यसलाई मेट्न पनि सक्नुहुनेछ ।
३. प्रोग्रामलाई अटोमेटिक रन गर्नबाट बच्नुहोस् ।
आफ्नो कम्प्यूटरलाई तिब्र गर्नुको यो सबैभन्दा सहज तरिका हो । विशेषगरि तुरुन्त स्टार्ट गर्ने विषयमा ।
तपाईँको कम्प्यूटरमा कुन प्रोग्राम चलिरहेको छ हेर्न संभव छ, यदि तपाईँ चाहनुहुन्छ भने त्यसलाई बन्द गर्नसक्नु हुन्छ । म्याकको ओएस एक्समा एक्टिभिटी मनिटरको माध्यमबाट तथा विण्डोजमा टास्क म्यानेजरको माध्यमबाट तपाईँले यो काम गर्नसक्नुहुनेछ ।
यदि तपाईँसँग म्याक छ भने सिष्टम प्रिफेरेन्सेजमा जानुहोस, यूजर्स तथा ग्रुप्सको विकल्प छान्नुहोस् तथा जुन प्रोग्राम बन्द गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् ।
यदि तपाईँसँग विण्डोज कम्प्यूटर छ भने तपाईँले एक निशुल्क टूल अटोरनको प्रयोग गर्नसक्नुहुनछ, जसले तपाईँको रन हुने प्रोग्रामलाई नियन्त्रित गर्दछ ।
४. भाइरस तथा मालवेयरलाई हटाउनुहोस् ।
केहि व्यक्तिहरुको विचारमा विना एन्टीभाइरस सफ्टवेयर पनि कम्प्यूटर चलाएमा केहि फरक पर्दैन । उनिहरुले यसबारेमा अधिक मेमोरी तथा विद्युत खपत हुने तर्क गर्ने गरेका छन्, विशेषगरी पुरानो निजी कम्प्यूटरमा ।
तर जो कम्प्यूटर प्रयोगकर्ताहरु विज्ञ छैनन् उनिहरुले आफ्नो कम्प्यूटरमा एन्टीभाइरस सफ्टवेयर राख्नु नै उचित हुनेछ ।
आफ्नो कम्प्यूटरको विशेषताका अनुसार तपाईँले एन्टीभाइरस प्रयोग गर्नसक्नुहुनेछ । जसले मेमोरीमा सबैभन्दा कम स्थान ओगट्छ भने कम विद्युतको खपत गर्दछ । यसमध्ये माइक्रोसफ्टको रिक्यूरिटी इसेन्शियल्स, पाण्डा क्लाउड वाई एभिरा रहेका छन् । तर पर्सनल कम्प्यूटरका लागि यस्ता निकै एन्टीभाइरसहरु बजारमा उपलब्ध रहेका छन् ।
म्याकको कम्प्यूटरमा भाइरस प्रवेश गर्न नसक्ने भनाई रहँदै आएको छ, तर यदि तपाईँको एप्पल कम्प्यूटरमा सामान्यभन्दा निकै कम गतिमा संचालन हुन्छ भने यसमा पक्कैपनि शंका गर्नुपर्ने हुन्छ । किनकी बेला बेलामा एप्पलका सफ्टवेयरहरु पनि ह्याक भएको समाचारहरु आईरहेका छन् । यस्तोबेलामा तपाईँले एभास्ट वा सोफोज जस्ता निशुल्क उपलब्ध हुने एन्टीभाइसरको प्रयोग गर्नसक्नु हुनेछ ।
५. वेब एप्लिकेशनको प्रयोग गर्नुहोस् ।
यदि तपाईँ गूगलको डक्यूमेन्ट, एडोबको बजवर्ड, जोहो, पीपेल जस्ता एप्लिकेशनको माध्यमबाट सबैकुराहरु हासिल गर्न सक्नुहुन्छ । यदि त्यसो हो भने तपाईँले अलग्गै अफिस इन्टल गर्ने तथा त्यसलाई प्रयोग गर्न आवश्यक छैन् ।
एक ब्राउजरमा काम गर्ने किसिमका वेब एप्लिकेशनले आजकाल प्रयोगकर्ताको सबै आवश्यकताहरु पुरा गर्न सक्दछन् ।
यस्ता एप्लिकेशनहरुको दुई प्रकारको फाईदा हुन्छ । पहिलो रन गर्नको लागि यस्ता एप्लिकेशनहरु निकै सजिलो हुन्छ भने दोस्रो फाईदामा यीनिहरुले हार्ड डिस्कमा कुनै स्थान लिँदैनन् ।
यदि तपाईँले माथि उल्लेख गरिएका पाँच तरिकाहरुको प्रयोग गर्नुहुन्छ भने तपाईँको कम्प्यूटर पुन निकै तिब्र गतिमा खुल्दछ । तर यदि यी तरिकाहरु गरिसकेर पनि कम्प्यूटरम अझै समस्या देखिएको छ भने कम्प्यूटर टेक्निशियनको सहयोग आवश्यक पर्दछ वा नयाँ कम्प्यूटर किन्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा ।
प्रकाशित: ११ फाल्गुन २०७१, सोमबार