Technology Khabar ११ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ फागुन । निकै लामो समयदेखि चर्चामा रहिरहेको ह्वाट्सएपको भ्वाईस कलिंग (Voice Calling) फीचर अब एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताहरुलाई पनि उपलब्ध हुने भएको छ । एक रिपोर्टका अनुसार कयौं ह्वाट्सएप प्रयोगकर्ताहरुले भ्वाईस कलिंग फीचर एक्टिभेट गरिसकेका छन् ।
अहिलेलाई यो सुविधा एन्ड्रोयड यूजर्सलाई मात्रै हो भने एप्पलको आईओएस (iOS8) यूजर्सका लागि पनि ह्वाट्सएपको लेटेस्ट अपडेटमा भ्वाइस कलिंग बटन राखिएको छ । तर आईओएस यूजर्सले यसलाई एक्टिभेट भने गर्न पाउनेछैनन् । यस्तै सुविधा विण्डोज स्मार्टफोन प्रयोगकर्ताहरुलाई पनि दिईएको छ ।
कसरी काम गर्दछ ?
ह्वाट्सएपको यो भ्वाईस कलिंग फीचर जुन प्रयोगकर्ताहरुको साथमा छ, उनिहरुले अहिले त्यसलाई एक्टिभेट गर्न पाउनेछैनन् । यो फीचर इन्भाइटमा आधारित हुनेछ । यसको अर्थ जब कुनै प्रयोगकर्ताको माध्यमबाट वाट्सएप भ्वाइस कल आउँछ, त्यसपछि मात्र यो फीचर एक्टिभेट हुनेछ । उदाहरणको लागि यदि पहिलो प्रयोगकर्ताले ह्वाट्सएप भ्वाईस कलिंगको प्रयोग गर्न चाहन्छ भने कुनै अन्य प्रयोगकर्ता (जसको फोनमा पहिले नै यो फीचर रहेको छ) ले पहिलो प्रयोगकर्तालाई फोन गर्नुपर्ने हुन्छ ।
ह्वाट्सएपको यो फीचर निकै स्लो रहेको र ह्वाट्सएपको सबै प्रयोगकर्ताहरुमाझ पुर्याउन केहि समय लाग्ने विश्लेषकहरुको अनुमान छ । यो फीचरले कसरी काम गर्दछ र यसबाट प्रयोगकर्तालाई कस्तो फाईदा हुन्छ भन्ने बारेमा ह्वाट्स एपको तर्फबाट कुनै जानकारी आएको छैन् । एजेन्सी
प्रकाशित: ११ फाल्गुन २०७१, सोमबार