Technology Khabar १० फाल्गुन २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १० फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ल्याउन लागेको एसेण्ड पी ८ को प्रोटोटाईपको तस्विरहरु अनलाईनमा सार्वजनिक भएका छन् । केहि समय अघि जानकारी आएको उक्त स्मार्टफोनको लीक भएको तस्विरमा पातलो बडिलाई लुकाउन स्मार्टफोन कभरको प्रयोग गरिएको छ ।
अन तू तू को स्क्रीनसनले देखाएको तस्विरहरुमा यो स्मार्टफोनको विशेषताहरुको बारेमा जानकारी दिएको छ । जानकारीमा आएअनुसार हुवावेको पी ८ मा अक्टा कोर सीपीयूसहितको किरिन ९३०, ६४ बीटको चीपसेट प्रयोग गरिएको छ ।
हुवावेको एसेण्ड पी ८ मा १३ मेगापिक्सलको रियर क्यामरा तथा ८ मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ । त्यसैगरी यो स्मार्टफोनमा ३ जीबीको र्याम रहेको छ भने एन्ड्रोयडको ललिपप ५.० मा आधारित रहेको छ ।
त्यसैगरी अन तू तूमा देखिएको स्क्रीनसटमा डिभाइसको स्कोर ४७,४२६ देखाएको छ, जसले हुवावे एसेण्ड पी ८ को परफरमेन्सको बारेमा बताउँछ । यसआधारमा यो स्मार्टफोन हाईईण्ड स्मार्टफोनमध्ये एक भएको विश्लेषकहरुको अनुमान छ ।
हुवावे एसेण्ड पी ८ आगामी अप्रिलमा सार्वजनिक हुने अपेक्षा गरिएको छ भने यसको मूल्य ४ सय ८० अमेरिकी डलर हुने अफवाह चलिरहेको छ ।
प्रकाशित: १० फाल्गुन २०७१, आईतवार