रिमोट कन्ट्रोल भएको इन्टेक्सको स्मार्टफोन

Technology Khabar १० फाल्गुन २०७१, आईतवार

रिमोट कन्ट्रोल भएको इन्टेक्सको स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १० फागुन । इन्टेक्स मोबाइल्सले नयँ डुअल कोर स्मार्टफोन सार्वजनिक गरेको छ, जसमा यूनिभर्सल रिमोट कन्ट्रोल रहेको छ । यो स्मार्टफोनबाट प्रयोगकर्ताले टिभी, एसी, सेट अप वक्स लगायतका उपकरणहरु नियन्त्रण गर्न सकिन्छ ।

कम्पनीले यो फोनको नाम एक्वा वाई २ रिमोट राखेको छ भने यसको बजार मूल्य भारतमा ४ हजार ३ सय ९० रुपैंया तोकेको छ ।

यो एन्ड्रोयडमा आधारित फोन हो जसमा मिडिया टेक एमटी ६५७२ डुअल कोर प्रोसेसर रहेको छ ।

हेरौं इन्टेक्स अक्वा वाई २ का विशेषताहरु

* स्क्रीन- ४इंच आईपीएस, ८००x४८० पिक्सल
* प्रोसेसर- मीडिया टेक एमटी ६५७२ डुअल कोर
* ओएस- एंड्रोयड किटक्याट ४.४
* र्याम- ५१२एमबी र्याम, ४ जीबी इंटरनल स्टोरेज, ३२जीबी माइक्रोएसडी कार्ड
* क्यामरा- ५ एमपी रियर एलईडी फ्ल्याशसहित, २ एमपी फ्रंट
* अन्य फीचर- ३जी, २जी, वाई-फाई, जीपीएस, ब्लूटुथ
* ब्याट्री- १५००एमएएच

Global Bank
easy care

प्रकाशित: १० फाल्गुन २०७१, आईतवार

ताजा समाचार