Technology Khabar १० फाल्गुन २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १० फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी वन प्लसले आफ्नो निकै सफल स्मार्टफोन वन प्लस वन (One Plus One) को सस्तो भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले सस्तो भर्सनमा ल्याउने स्मार्टफोनमा यो भन्दा पहिलेको स्मार्टफोनमा भएको सबै विशेषताहरु राख्ने छ भने नयाँ स्मार्टफोनमा केबल स्टोरेज क्षमता मात्र कम हुनेछ ।
कम्पनीले ल्याएको वन प्लस वन स्मार्टफोनमा इन्टरनल स्टोरेज ६४ जीबीको थियो तर सस्तो भर्सनमा भने १६ जीबीको स्टोरेज मात्र हुनेछ । साथै यो फोन अम्याजनद्धारा मात्र बिक्री गरिने बताईएको छ । यो स्मार्टफोन केबल सेतो रंगमा मात्र उपलब्ध हुनेछ ।
यो स्मार्टफोनका लागि अम्याजनले विशेषगरी ग्राहकहरुलाई निम्तो दिनेछ, यसको लागि ग्राहकहरुले एक प्रश्नको जवाफ दिनुपर्ने हुन्छ र एक अनलाईन फर्म भर्नुपर्ने हुन्छ । यहि आधारमा अम्याजनले विजेता छान्नेछ र उनिहरलाई २३ फरवरीमा यसको सूचना दिईने बताईएको छ ।
यो नयाँ भेरियन्टको बजार मूल्य कति हुनेछ भनेर कम्पनीले कुनै जानकारी दिएको छैन् तर यसको मूल्य करिब २ सय ७२ अमेरिकी डलर हुने अनुमान गरिएको छ । वन प्लस वनको ६४ भेरियन्टको बजार मूल्य ३ सय २० डलरको हाराहारीमा रहेको छ । कम्पनीले चीनियाँ स्मार्टफोन शियोमीको एमआई ४ सँग प्रतिस्पर्धा गर्न सस्तो स्मार्टफोन ल्याउन लागेको विश्लेषकहरुको अनुमान छ ।
यो फोनको स्क्रीन ५.५ इन्चको हुनेछ भने यो फुल एचडी डिस्प्लेसहितको हुनेछ । यो फोनमा १३ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा हुनेछ ।
वन प्लस वनको नयाँ फोनमा क्वाल कम स्न्यापड्र्यागन ८०१ प्रोसेसर तथा ३ जीबीको र्याम रहने बताईएको छ ।
प्रकाशित: १० फाल्गुन २०७१, आईतवार