मोबाइल महोत्सव २०१५ ले पाको, न्यूरोड क्षेत्रलाई मोबाइल हब बनायो

Technology Khabar ८ फाल्गुन २०७१, शुक्रबार

मोबाइल महोत्सव २०१५ ले पाको, न्यूरोड क्षेत्रलाई मोबाइल हब बनायो
मोबाइल महोत्सव २०१५ को फाईल फोटो

काठमाडौं ।

काठमाडौं, ८ फागुन । काठमाडौ पाको, न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको अन्तिम दिनसम्म ग्राहकहरुको अधिक चहलपहल देखिएको थियो । यस महोत्सवले पाको, न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रलाई मोबाईल व्यवसायको केन्दको रुपमा स्थापित गराएको छ । महोत्सवको अवधिभर ताम्राकार कम्प्लेक्सभित्रका हरेक पसलमा मोबाइल खरिद गर्ने ग्राहकहरुको भिड देखियो भने सर्भिस सेन्टरमा पनि निकै घुँईँचो रहेको थियो ।
महोत्सव अवधिभर कम्प्लेक्समा लक्षित गरिएको संख्यामा ग्राहकहरु महोत्सव अवलोकन गर्न तथा मोबाईल खरिद गर्न आएका थिए । महोत्सव अवधिभर ग्राहकहरुले महोत्सवमा विभिन्न मोबाईल तथा एसेसरिजहरुको खरिदमा छुट प्राप्त गरेका छन् । महोत्सवको अवधिभर ग्राहकहरु उत्साहपूर्वक सहभागिता भएको टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ,महोत्सवमा कम्प्लेक्सलाई विश्वास गरेर ग्राहकहरु आएका हुँदा हामीले पनि हरेक मोबाईलको खरिदमा अधिक भन्दा अधिक छुट दिएका हौं, उनले भने । महोत्सवले आगामी एक दशकसम्म पाको, न्यूरोड क्षेत्रलाई मोबाईल व्यवसाय केन्द्रको रुपमा स्थापित गराउन सफल भएको उनको दाबी छ । अहिलेलाई महोत्सव समाप्त भएपनि आगामी दिनमा यस्ता प्रबद्र्धनात्मक अफर र कार्यक्रमहरुलाई निरन्तरता दिईने बस्नेतले जानकारी दिए ।
महोत्सवमा मोबाईल खरिद गर्ने ग्राहकहरुले हरेक पसलबाट अधिक भन्दा अधिक छुट प्राप्त गरेको कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले जानकारी दिए । महोत्सवमा ग्राहकलाई हरेक ब्राण्डको मोबाईल खरिदमा सकेसम्म अधिकतम छुट उपलब्ध गराईएको र आगामी दिनमा पनि आकर्षक अफरहरु ग्राहकहरुका लागि ल्याउने छौं, उनले भने । महोत्सवभर विभिन्न मोबाईल कम्पनीहरुले सबैजसो मोडलहरुमा अधिकतम छुट दिएका थिए ।
महोत्सवमा विभिन्न मोबाइल तथा एसेसरिजमा दिईएको छुटका कारण ग्राहकहरु आकर्षित भएका थिए ।
महोत्सवको अवसर पारेर ग्राहकहरुले पुरानो मोबाईल बिक्री गरेर नयाँ स्मार्टफोन खरिद गर्ने क्रम पनि अधिक देखिएको छ । महोत्सवमा अधिकांश ग्राहकहरुले विभिन्न पुराना र प्रयोगमा रहेका फोनहरु साटेर नयाँ स्मार्टफोनहरु खरिद गरेको अनुभव सुनाए सामसुंग मोबाईल इलेक्ट्रोनिक्सका संचालक गुरुदत्त शर्माले । महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाईल सुपथ मूल्यमा खरिद गर्ने अवसर प्रदान गरेको हुँदा धेरै ग्राहकहरुले महोत्सवमा नयाँ मोबाईल खरिद गरेको उनको दाबी छ । ग्राहकहरुको चाहना र माग बमोजिम आगामी दिनमा कम्प्लेक्सले मोबाईल एक्सचेन्ज कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवमा मोबाईल बिक्रीको आधारमा सबैभन्दा धेरै मोबाईल सामसुंग मोबाईलले बिक्री गरेको छ भने सामसुंग मोबाईललाई हुवावे ब्राण्डले पछ्याएको छ ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावे मोबाईल आयोजना सम्पन्न भएको छ ।

छैठौै दिनको लक्की ड्र

मोबाइल महोत्सवमा छैठौ दिन अवलोकन भ्रमण गरेका तथा मोबाइल खरिद गरेका ग्राहकहरुको लक्कि ड्र बिहिवार खोलिएको छ ।

छैठौ दिनको लक्कि ड्रमा कुपन नम्बर ०२५५२ भएका रोशनले क्यास ब्याक अफरको डबल पुरस्कार हातपारेका छन् । रोशनले दैनिकपुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याकप्राप्त गरेका हुन् । उनलेक्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने३० हजार रुपैंया बराबरकोस्मार्टफोन प्राप्त गरेका छन् । रोशनले कम्प्लेक्समा रहेको वेष्ट टेक मोबाईल सेन्टरबाट मोबाईल खरिद गरेका थिए ।

त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीनजनालेस्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोरप्राइजको लक्कि ड्रबाट स्मार्टफोनप्राप्त गर्नेमा संगिता सुवेदी, अनुप राज र सक्षम घिमिरे भाग्यशाली बिजेता भएका छन् ।

Sajilo Visa

प्रकाशित: ८ फाल्गुन २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार