सूर्यविनायकस्थित सामसङ प्लाजा अब अन्तर्राष्ट्रिय स्तरको

Technology Khabar ६ फाल्गुन २०७१, बुधबार

सूर्यविनायकस्थित सामसङ प्लाजा अब अन्तर्राष्ट्रिय स्तरको

काठमाडौं ।

काठमाडौँ, ६ फागुन । सामसङको लागि नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले सूर्यविनायक, भक्तपुरको सामसङ प्लाजालाई अन्तर्राष्ट्रिय स्तरमा अपग्रेड गरेको छ । यसका साथै अब नेपालभरमा १० वटा सामसङ प्लाजाहरु रहेका कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दरबारमार्ग, महाराजगञ्ज, नयाँ बानेश्वर, कुमारीपाटी, सिभिल मल, के.एल. टावर र भक्तपुर गरि ७ वटा सामसङ प्लाजाहरु छन् भने काठमाडौँ उपत्यका बाहिर नारायणघाट, पोखरा र धनगढीमा गरि अन्य ३ वटा सामसङ प्लाजाहरु छन् ।

यस सोरुममा सामसङका सबै उत्पादनहरु एलईडी टिभी, रेफ्रीजेरेटर,वासिंग मेसिन, माइक्रोवेभ ओभन र सामसङका सबैभन्दा नयाँ कर्भड टिभीहरु उपलब्ध छन् । यसका साथसाथै नयाँ सोरुमहरुमा सामसङको “What a Catch HD Quality Match” अफर पनि लागू हुने जनाइएको छ ।

नयाँ अपग्रेड गरिएको सो सोरुमले सामसङको प्रतिष्ठालाई अझै बढाएको कम्पनीले दाबी गरेको छ ।

Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार