कार्वनको एन्ड्रोयड वान स्मार्टफोन ‘स्पार्कल भी’ बजारमा

Technology Khabar ५ फाल्गुन २०७१, मंगलवार

कार्वनको एन्ड्रोयड वान स्मार्टफोन ‘स्पार्कल भी’ बजारमा

काठमाडौं ।

काठमाडौं, ५ फागुन । कार्बन मोबाइलले निकै चर्चामा रहेको एन्ड्रोयड वनमा आधारित स्मार्टफोन स्पार्कल भी नेपाली बजारमा ल्याएको छ । कार्बनको नेपालका लागि आधिकारीक बितरक पशुपति ट्रेड लिंकले कार्बनको स्पार्कल भी स्मार्टफोन बजारमा ल्याएको हो।

कार्बनको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन स्पार्कल भी देखाउँदै मोबाईल व्यवसायी गुरुदत्त शर्मा ।
कार्बनको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन स्पार्कल भी देखाउँदै मोबाईल व्यवसायी गुरुदत्त शर्मा ।

पशुपति ट्रेडलिंकका सहायक बिक्री व्यवस्थापक समर्पण मिश्रले दिएको जानकारी अनुसार कम्पनीले गत शुक्रबारदेखि नै एन्ड्रोयड वानका स्मार्टफोनहरु बजारमा पठाईसकेको छ । एन्ड्रोयड वानको आकर्षक फीचर तथा गुणस्तरका कारण नेपाली ग्राहकहरुले एन्ड्रोयड वानमा आधारित कार्बनको स्पार्कल भी स्मार्टफोन रुचाउने मिश्रले बताए । ‘यो स्मार्टफोन आकर्षक मूल्यमा  उच्च स्तरको मोबाइल खरिद गर्नेहरुका लागि उपयुक्त छ,’ उनले भने ।karbonn2

कम्पनीले हाल महिनामा २ हजार वटा स्पार्कल भी स्मार्टफोन सेटहरु बिक्री गर्ने जानकारी दिएको छ । हाल पहिलो चरणमा ६ सय सेट स्मार्टफोन नेपाल ल्याएको र छिटै अर्को चरणमा थप स्मार्टफोन भित्रीने कम्पनीको भनाई छ ।karbonn3

पशुपति ट्रेड लिंकले बजारमा एन्ड्रोयड वानको बारेमा निकै सोधखोज हुने गरेको हुँदा एन्ड्रोयड वानको स्मार्टफोन बजारमा ल्याएको जनाएको छ । कम्पनीले कार्बनको स्पार्कल भीको बजार मूल्य १० हजार ६ सय ५२ रुपैंया तोकेको छ । हाल काठमाडौंमा उपलब्ध रहेको यो स्मार्टफोन केहि दिनमा नै नेपालभरी पुर्याउने बताईएको छ ।

कम्पनीले अधिक मुनाफा नचाहेको हुँदा सस्तो मूल्यमा नै कार्बनको स्पार्कल भी स्मार्टफोन बजारमा ल्याउन सकेको दाबी गरेको छ ।

कार्बन स्पार्कल भी एन्ड्रोईड वान फोन दुई सिम प्रयोग गर्नसकिने तथा थ्रीजी सपोर्ट गर्ने फोन हो  । यसमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने एन्ड्रोयडको किटक्याट ४.४.४ अपरेटिङ सिष्टम रहेको छ । यो फोनलाई निकट भविश्यमा एन्ड्रोयडको ललिपप ५.० मा अपग्रेड हुने सुविधा गुगलले दिएको छ ।

४.५ इन्चको आइपीएस डिस्प्ले रहेको यो फोनमा १ जीबीको र्याम तथा ४ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । ५ मेगापिक्सलको अटोफोकश रियर क्यामरा भएको यो स्मार्टफोनमा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

कम्पनीले स्मार्टफोनमा १ वर्षको वारेन्टी र ब्याट्री चार्जरमा ६ महिनाको वारेन्टी दिएको जानकारी दियो ।

कम्पनीले एन्ड्रोयड वानको लागि पशुपति प्लाजामा रहेको सर्भिस सेन्टरमार्फत मर्मत संभारको सुविधा दिने जानकारी दिएको छ ।

easy care

प्रकाशित: ५ फाल्गुन २०७१, मंगलवार

ताजा समाचार