सामसुंग मोबाइल महोत्सवमा ग्राहकहरुको घुईँचो, मोबाईल खरिद गर्न ग्राहकहरु लाईनमा

Technology Khabar ५ फाल्गुन २०७१, मंगलवार

सामसुंग मोबाइल महोत्सवमा ग्राहकहरुको घुईँचो, मोबाईल खरिद गर्न ग्राहकहरु लाईनमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ५ फागुन । सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको पाँचौं दिनसम्म आईपुग्दा महोत्सवमा ग्राहकहरुको अधिक भिडभाड देखिएको छ ।

पाँचौं दिनसम्म महोत्सव अवलोकन गर्न आउने ग्राहकहरुको अधिक चहलपहलका कारण महोत्सव उत्साहजनक देखिएको कम्प्लेक्समा रहेका मोबाईल व्यवसायीहरुले जानकारी दिएका छन् । महोत्सवमा विभिन्न मोबाइल तथा एसेसरिजमा दिईएको छुटका कारण ग्राहकहरु आकर्षित भएको जेएस मोबाइलका संचालक जगत साउदले जानकारी दिए ।

उनले आज ग्राहकहरुको अधिक भिडका कारण ग्राहकहरुले लाइनमा बसेर मोबाइल खरिद गरेको बताए । ‘आज मोबाइल खरिद गर्न आउने ग्राहकहरुको संख्या आश्चार्यजनक रहेको छ,’ उनले भने, ‘मैले आजमात्रै २ सय भन्दा बढि मोबाइल सेटहरु बिक्री गर्न सफल भएँ ।

महोत्सवमा अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरेका छन् भने महोत्सवको अवधि पारेर मोबाइल एक्सचेन्जगर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । विशेषगरि फीचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकहरुको संख्या उच्च रहेको मोबाइल महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए ।

अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको पाँचौं दिनसम्म आईपुग्दा उच्च संख्यामा सामसुंग मोबाइलको बिक्री रहेको तथा सामसुंगलाई हुवावे ब्राण्डले पछ्याईरहेको वेष्ट टेक मोबाईल शपका गोपाल निरौलाले जानकारी दिए ।

यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएको आयोजकले जनाएको छ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने आयोजकको भनाई छ । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने बताईएको छ ।

मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिईरहेको छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।

तेस्रो दिनको लक्कि ड्र

IMG_6224

मोबाइल महोत्सवमा सोमबार चौथो दिन अवलोकन भ्रमण गरेका तथा मोबाइल खरिद गरेका ग्राहकहरुको लक्कि ड्र मंगलबार खोलिएको छ ।

चौथो दिनको लक्कि ड्रमा कुपन नम्बर ४३४४भएका स्वयम्भू निवासी अमन लामाले क्यास ब्याक अफरको डबल पुरस्कार हातपारेका छन् । अमनले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याकप्राप्त गरेका हुन् । उनले क्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने३० हजार रुपैंया बराबरको स्मार्टफोन प्राप्त गरेका छन् । अमनलेकम्प्लेक्समा रहेको केटिएम मोबाइल सेन्टरबाट सामसुंग ग्राण्ड प्राइम खरिद गरेका थिए ।IMG_6226

त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीनजनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोरप्राइजको लक्कि ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा साबीत्रा, भरत र रिबस भाग्यशाली बिजेता भएका छन् ।

त्यसैगरी तेस्रो दिनका डोर प्राइजको लक्कि ड्रअन्तरगतका बिजेता मध्येका एक नारायण बयकलाई अाजै पुरस्कार प्रदान गरिएको छ ।

Sajilo Visa

प्रकाशित: ५ फाल्गुन २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार