Technology Khabar ४ फाल्गुन २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ४ फागुन । ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको चौथो दिनसम्म ७ करोड रुपैंयाभन्दा बढिको कारोबार भएको छ । महोत्सवको चौथो दिनसम्म विभिन्न ब्राण्डका ८ हजारको हाराहारीमा मोबाइल सेटहरु बिक्री भएका छन् ।
यस महोत्सवमा चौथोदिनसम्म १ लाख भन्दा बढि ग्राहकहरुले भ्रमण गरेका छन् । महोत्सवमा हालसम्म विभिन्न राजनीतिक दलका नेताहरु, सभासद, अभिनेता, अभिनेतृलगायतका प्रतिष्ठित व्यक्तिहरुले दैनिक भ्रमण तथा मोबाइल खरिद गर्ने गरेका आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरेका छन् भने महोत्सवको अवधिपारेर मोबाइल एक्सचेन्जगर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको तथा अधिक चहलपहलका महोत्सवमा मोबाइल बिक्रीको संख्या पनि उच्च रहेको व्यवसायीको भनाई छ ।
महोत्सवमा सोमबार नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले अवलोकन भ्रमण गरे । उनले यस्तो महोत्सव हुन ग्राहकहरुको लागि पनि लाभप्रद हुने भएको र ताम्राकार कम्प्लेक्स मोबाइल खरिदको लागि एक मात्र केन्द्रको रुपमा भएको बताए । उनले यस्ता महोत्सवमा पछिल्ला प्रविधिका मोबाइल तथा एसेसरिजहरु उपलब्ध हुने हुँदा आफूले पनि नियमित भ्रमण गर्ने गरेको जानकारी दिए ।
महोत्सवमा अधिक संख्यामा सामसुंग मोबाइलको बिक्री रहेको र त्यसपछि बिक्रीको आधारमा हुवावे ब्राण्डका स्मार्टफोनहरुले बजार लिएका छन् भने बाँकी अन्य ब्राण्डका स्मार्टफोनहरु बिक्री हुँदै आएको सामसुंग मोबाइल इलेक्ट्रोनिक्सका संचालक गुरुदत्त शर्माले जानकारी दिए ।
त्यसैगरी टेली टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले महोत्सव लक्ष्य गरिएअनुसार सफल भईरहेको भन्दै अन्तिमदिनसम्म ३ लाख आगन्तुकका साथै २० करोड रुपैंया बराबरको मोबाइल बिक्रीको लक्ष्य हासिल हुने बताए ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएकोछ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।
ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।
मोबाइल महोत्सवमा आइतवार तेस्रो दिन अवलोकन भ्रमण गरेका तथा मोबाइल खरिद गरेका ग्राहकहरुको लक्कि ड्र सोमबार खोलिएको छ ।
तेस्रो दिनको लक्कि ड्रमा कुपन नम्बर ४५०३ भएका किर्तिपुर निवासी रविन्द्रले क्यास ब्याक अफरको डबल पुरस्कार हात पारेका छन् । रविन्द्रले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याक प्राप्त गरेका हुन् । उनले क्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने ३० हजार रुपैंया बराबरको स्मार्टफोन प्राप्त गरेका छन् । रविन्द्रले कम्प्लेक्समा रहेको इजोन मोबाइल शपबाट हुवावेको अनर होलि खरिद गरेका थिए ।
त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीनजनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोर प्राइजको लक्कि ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा सहदेव पौडेल, दामोदर पन्थ र नारायण बयक भाग्यशाली बिजेता भएका छन् ।
प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार