डिस होममा आईसीसी वल्र्ड कप क्रिकेट २०१५ को एचडी प्रसारण

Technology Khabar ४ फाल्गुन २०७१, सोमबार

डिस होममा आईसीसी वल्र्ड कप क्रिकेट २०१५ को एचडी प्रसारण

काठमाडौं ।

काडमाडौं, ४ फागुन । डिस होमले आईसीसी वल्र्ड कप क्रिकेट २०१५ को अवसरमा स्टार स्पोर्टस एचडी वन र स्टार स्पोर्टस एचडी २ प्रसारण शुरु गरेको छ । यी च्यानलहरु नेपालमा कुनै पनि सेवा प्रदायकले नदिएको र डिस होममा मात्र यी एचडी च्यानल प्रसारण हुने कम्पनीले जनाएको छ ।

यी च्यानलहरु थप भएसँगै ग्राहकहरुलाई नयाँ ग्राहक योजना पनि प्रदान गरेको छ । यस योजना अन्तर्गत डिसहोमको एचडी कनेक्सनको खरिद गर्नहुने ग्राहकहरुले वेसीक एचडी, मिडियम एचडी र डिलक्स एचडी प्याकेजहरुमा एक्टिभेशनगरी ३ महिनाको रिचार्ज गरेमा रु २०००।- छुट पाउने छन् अर्थात रु ५९९९।- को कनेक्सन अव रु ३९९९।- मा नै पाउनेछन् ।

साथै डिस होमको एसडी कनेक्सनको खरिद गर्नहुने ग्राहकहरुले लोअर, बेसिक, मिडियम र डिलक्स प्याकेजहरुमा एक्टिभेशन गरी २ महिनाको रिचार्ज गरेमा रु ५००।- छुट पाउने छन् अर्थात रु ३९९९।- को कनेक्सन अव रु ३४९९।- मा नै पाउनेछन् । यस ग्राहक योजना फाल्गुण १ बाट लागु गरिएको छ । कम्पनीले थप गरिएका च्यानलहरुको  लागि थप शुल्क नलाग्ने जानाएको छ ।

easy care

प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार

ताजा समाचार