नेपाल सहकारी पत्रकार समाजको चौथो बार्षिक साधारणसभा सम्पन्न

Technology Khabar ४ फाल्गुन २०७१, सोमबार

नेपाल सहकारी पत्रकार समाजको चौथो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।

काठमाडौं ४ फागुन । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजको आफ्नै सभाहलमा आइतबार सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष डिल्ली प्रसाद सापकोटाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष काजी श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्वतबाट पारित गरेको छ ।

सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गर्ने योजना पनि अघि सारेको छ । २०६८ साल मा स्थापना भएको समाजले सहकारी क्षेत्रलाई बिटबनाएर कलम चलाउने पत्रकारहरुकोे दक्षता अभिवृद्धि कार्यक्रम गर्दै आएको छ । समाजमा विभिन्न सञ्चार माध्यममा कार्यरत ५० जना पत्रकारहरु आबद्ध छन् ।

Global Bank
easy care

प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार

ताजा समाचार