५०० मि.लि. कोका–कोलामात्र रु ५० मा

Technology Khabar ४ फाल्गुन २०७१, सोमबार

५०० मि.लि. कोका–कोलामात्र रु ५० मा

काठमाडौं ।

काठमाडौं, ४ फागुन । कोका–कोलाले यस सिजनमा खुसी बाँड्न नयाँ प्रायोजन थपेको छ । कोका–कोला नेपालकाअनुसार कम्पनीले ग्राहकहरुकालागि नयाँ योजना प्रस्तुत गरेको छ, जसमार्फत अब सीमित अवधिकालागि कोका–कोला, फ्यान्टा र स्प्राइटका ५०० मि.लि.का पेट बोटलहरु रु ६५ नभइ मात्र रु ५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो योजना फेब्रुअरीको पहिलो हप्ता देखि नेपाल भरि लागू हुनेछ । यो योजना सिमित अविधिको लागि मात्र लागू हुने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोका–कोला नेपालले सो योजनाका बारेमा आफ्ना ग्राहकहरुलाई POSM तथा अन्य विभिन्न अभियानहरुमार्फत सूचित गराउने प्रायोजन मिलाएको छ ।

easy care

प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार