स्पाइस ड्रिम युएनओ भित्रियो, नेपालमा पहिलो पटक एन्ड्रोईड वान स्मार्टफोन सार्वजनिक

Technology Khabar ४ फाल्गुन २०७१, सोमबार

स्पाइस ड्रिम युएनओ भित्रियो, नेपालमा पहिलो पटक एन्ड्रोईड वान स्मार्टफोन सार्वजनिक
फाईल फोटो: स्टार्क टेक कम्पनीका अध्यक्ष सौरभ ज्योतीलगायत स्पाइसको ड्रीम यूएनओ फोन नेपालमा सार्वजनिक गर्दै

काठमाडौं ।

काठमाडौं, ४ फागुन । नेपालको लागि स्पाइस मोबाइलको एक मात्र अधिकृत बिक्रेतास्टार्क टेक कम्पनी प्रा.लिले नेपाली बजारमा पहिलो गुगल एन्ड्रोईड वान स्मार्टफोन ल्याएको छ । स्टार्क टेक कम्पनीका अध्यक्ष सौरभ ज्योती र प्रमुख ब्राण्डिङ्ग अधिकृत श्रीजना ज्योतीले संयुक्त रुपमा एक कार्यक्रममा स्पाइसको ड्रिम युएनओ एमआई ४९८ मोडलको Spice Dream UNO Mi-498 एन्ड्रोईड वान स्मार्टफोन सार्वजनिक गरे ।

ज्योति समूहअन्तरगतको स्टार्क टेकले ल्याएको स्पाइसको यो स्मार्टफोन नेपालमा आएको पहिलो एन्ड्रोईड वानमा आधारित स्मार्टफोन हो ।

कार्यक्रममा सौरभ ज्योतीले नेपालमा स्मार्टफोनको बढ्दो मागलाई ध्यान दिई कम्पनीले पहिलो पटक एन्ड्रोईड वान स्मार्टफोन ल्याएको बताए । उनले भने, ‘नेपाली ग्राहकहरुले उत्कृष्ट फिचर भएको तथा सूपथ मूल्यमा स्पाइसको एन्ड्रोयड वानको स्मार्टफोन खरिद गर्नसक्ने हुँदा स्मार्टफोनको बजार बढने अनुमान गरेका छौं ।’ ज्योतीले बिक्रीपछिको सेवामा पनि ध्यान दिएको जानकारी दिँदै स्पाइसका अन्य मोडलहरु पनि एक महिनाभित्र ल्याउने जानकारी दिए ।Spice-2

स्पाइस ड्रिम यूएनओ एन्ड्रोईड वान फोन दुई सिम प्रयोग गर्नसकिने तथा थ्रीजी सपोर्ट गर्ने फोन हो  । यसमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने एन्ड्रोयडको किटक्याट ४.४.४ अपरेटिङ सिष्टम रहेको छ । यो फोनलाई निकट भविश्यमा एन्ड्रोयडको ललिपप ५.० मा अपग्रेड हुने सुविधा गुगलले दिएको छ । यो फोनमा आकर्षक डिजाइन सहित ४.५ इन्चको आइपीएस डिस्प्ले रहेको छ भने यसमा १ जीबीको र्याम तथा ४ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । ५ मेगापिक्सलको अटोफोकश रियर क्यामरा भएको यो स्मार्टफोनमा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

स्पाइसको ड्रिम यूएनओ स्मार्टफोनको विक्री अनलाइन मार्फत् मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसको लागि कम्पनीले एफ वन सफ्ट अन्तरगतको ओहोबजार डटकम (www.ohobazar.com) सँग साझेदारी गरेको छ । हालको लागि कम्पनीले पहिलो चरणमा १ हजार सेट मोबाइल मात्र बिक्री गर्ने जानकारी दिएको छ । एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले अनलाइनमार्फत खरिद गरिएको स्मार्टफोन ग्राहकहरुको घरमा नै पुर्याउने व्यवस्था गरिएको जानकारी दिए ।

यो स्मार्टफोन खरिदका लागि ओहोबजार डटकमले क्यास अन डेलिभरी तथा ईसेवाको माध्यमबाट भुक्तानी गरि खरिद गर्नसकिने व्यवस्था मिलाएको छ । ओहोबजारले ४८ घण्टाभित्र सेवा दिने दाबी पनि गरेको छ ।

तर कम्पनी स्रोतका अनुसार स्पाइसको ड्रिम यूएनओ करिब १४ हजार सेटको अर्डर गरेपनि चीनमा नयाँ वर्षको बिदा भएको हुँदा सिमित संख्यामा मात्र मोबाइल सेटहरु बिक्रीका लागि अनलाईनमा राखिएको हो । चीनमा बिदा सकिए लगत्तै नयाँ सेटहरुको अर्डर अनुसार नेपालमा यो मोबाइल सेट उपलब्ध भएपछि अन्य रिटेल चेनमार्फत बिक्री गर्ने तयारी गरिएको स्रोतको भनाई छ ।

स्टार्क टेकले हाल ईकमर्श साइटमा अधिकतम मूल्य ११ हजार ९ सय ९० रुपैंयामा यो स्मार्टफोन बिक्री गर्ने जानकारी दिएको छ ।

सोमबारदेखि बिक्री खुला गरिएको स्पाइसको ड्रिम यूनोको बिक्री चाँडै सकिने आशा ओहोबजारले लिएको जानकारी दिएको छ । मूख्यगरि गूगलको आधिकारीक सफ्टवेयर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरेको एफवन सफ्टका अध्यक्ष ढकालले बताए ।

कम्पनीले नेपाल भित्र स्मार्टफोनमा १ वर्षको वारेन्टी र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी दिएको जानकारी दियो ।

फिचर फोनबाट स्मार्टफोनमा स्तरोन्नती हुने ग्राहकहरुको बजारलाई लक्षित गरेर भारतमा पहिलो पटक सार्वजनिक गरिएको एन्ड्रोयड वन स्मार्टफोन पछिल्लो समय भारतीय बजारमा असफल भएको बजार विश्लेषकहरुले जनाएका छन् ।

गूगलले पछिल्लो समय एन्ड्रोयड वनको बजार विस्तार गर्दै नेपाल, बंगलादेश, इन्डोनेशियालगायतका मुलुकमा बिक्री शुरु गरिसकेको छ ।

यो पनि हेर्नुहोस्-

गुगलले नेपालमा एन्ड्रोयड वन ब्राण्डका स्मार्टफोन ल्याउँदै

Global Bank
easy care

प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार

ताजा समाचार