मोबाइल महोत्सवको तेस्रो दिनसम्म ५ करोड रुपैंया बढिको कारोबार

Technology Khabar ३ फाल्गुन २०७१, आईतवार

मोबाइल महोत्सवको तेस्रो दिनसम्म ५ करोड रुपैंया बढिको कारोबार

काठमाडौं ।

काठमाडौं, ३ फागुन । ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको तेस्रो दिनसम्म ५ करोड रुपैंयाभन्दा बढिको कारोबार भएको छ । महोत्सवको तेस्रो दिनसम्म विभिन्न ब्राण्डका ४ हजार भन्दा बढि मोबाइल सेटहरु बिक्री भएको आयोजकले जनाएको छ ।

यस महोत्सवमा तेस्रोदिनसम्म ८० हजार भन्दा बढि ग्राहकहरुले भ्रमण तथा मोबाइल खरिद गरेका छन् । महोत्सवमा हालसम्म विभिन्न राजनीतिक दलका नेताहरु, सभासद, अभिनेता, अभिनेतृलगायतका प्रतिष्ठित व्यक्तिहरुले दैनिक भ्रमण तथा मोबाइल खरिद गर्ने गरेको आयोजकले जानकारी दियो ।3rd-day-3

महोत्सवमा अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरेका र महोत्सवको अवधिपारेर मोबाइल एक्सचेन्जगर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको ताम्राकार कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । उनले ग्राहकहरुको अधिक चहलपहलका महोत्सवमा मोबाइल बिक्रीको संख्या पनि उच्च रहेको बताए ।

अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको यो महोत्सवमा युवा युवतीहरुले विशेष गरि सामसुंग र हुवावे ब्राण्डका स्मार्टफोनहरु अधिक खरिद गर्ने गरेको जेएस मोबाइलका संचालक जगत साउदले जानकारी दिए ।DSC08439

मोबाइल महोत्सवमा शनिवार अवलोकन भ्रमण गरेका तथा मोबाइल खरिद गरेका ग्राहकहरुको लक्कि ड्र आइतवार गरिएको छ । दोस्रो दिनको लक्कि ड्रमा कुपन नम्बर ४४४७ भएका रुद्र अधिकारीले क्यास ब्याक अफरको डबल पुरस्कार हात पारेका छन् । अधिकारीले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याक प्राप्त गरेका हुन् । अधिकारीले क्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने ३० हजार रुपैंया बराबरको स्मार्टफोन प्राप्त गरेका छन् ।DSC08434

अधिकारीले महोत्सवको पहिलो दिन कम्प्लेक्समा रहेको  टक टू मी मोबाइल शपबाट कोर प्राइम मोबाइल खरिद गरेका थिए ।

त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीनजनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोर प्राइजको लक्कि ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा कुपन नम्बर ७९१६, कुपन नम्बर ६६७० र कुपन ९०८५ भाग्यशाली बिजेता भएका छन् ।DSC08442

यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएको छ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने बताईएको छ ।

मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिईरहेको छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।

त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा ओटेल कम्पनीको सहयोगमा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७१, आईतवार