Technology Khabar १ फाल्गुन २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १ फागुन । ब्लू प्रोडक्ट्सले एक यस्तो स्मार्टफोन ल्याएको छ, जसको ब्याट्री निकै शक्तिशाली रहेको छ । यो बीएलयू स्टुडियो इनर्जी (BLU Studio Energy) स्मार्टफोन हो जसको ब्याट्री ५००० एमएएच क्षमताको रहेको छ । यो स्मार्टफोन एक पटक चार्जभएपछि न्यूनतम चार दिनसम्म निरन्तर चल्दछ । बीएलयू स्टुडियो इनर्जी स्मार्टफोनको स्ट्यान्डबाई समय कम्तिमा ४५ दिनको रहेको कम्पनीको दाबी छ ।
यो स्मार्टफोनको मूख्य विशेषता भनेको निकै शक्तिशाली क्षमताको ब्याट्री राखिएर पनि यसको आकार सामान्य खालको छ । यो एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित फोन हो, जसलाई एन्ड्रोयडले ललिपपमा अपग्रेड गरिदिनेछ ।
यो स्मार्टफोनको स्क्रीन ५ इन्चको आईएसपी एलसीडी क्यापासीटीभ टच रहेको छ, जसमा गोरिल्ला ग्लास ३ प्रोटेक्शन रहेको छ । १ जीबीको र्याम भएको यो स्मार्टफोनमा ८ जीबीको इन्टरलन स्टोरेज राखिएको छ । बीएलयू स्टुडियो इनर्जीमा ८ मेगापिक्सलको रियर क्यामरा तथा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
यो फोन हाल अमेरिकामा मात्र उपलब्ध रहेको छ भने अन्य मुलुकमा कहिले आउँछ थाहा छैन् । मिड रेन्जको यो फोनकाे बजार मूल्य १ सय ४९ अमेरिकी डलर तोकिएकाे छ ।
BLU स्टुडियो इनर्जी को विशेषताहरु
* स्क्रीनः ५ इंच (१२८०x७२०पिक्सल), गोरिल्ला ग्लास ३प्रोटेक्शन
* प्रोसेसरः १.३ गीगाहर्ज क्वाड कोर मीडियाटेक प्रोसेसर
* र्यामः १ जीबी र्याम, ८ जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी कार्ड
* ओएसः एंड्रोयड (किटक्याट)
* क्यामराः ८ एमपी रियर एलईडी फ्ल्याशसहित २.२अपार्चर, २ एमपी फ्रंट क्यामरा
* मोटाईः १०.४ मिमी, तौल १८० ग्राम
* अन्य फीचर्सः थ्रीजी, वाई-फाई ८०२.११, ब्लूटूथ, जीपीएस
* ब्याट्रिः ५,००० एमएएच क्षमता
* मूल्य १,४९ अमेरिकी डलर
प्रकाशित: १ फाल्गुन २०७१, शुक्रबार