सामसुंग मोबाइल महोत्सव २०१५ शुभारम्भ, महोत्सवमा ग्राहकहरुको चहलपहल

Technology Khabar १ फाल्गुन २०७१, शुक्रबार

सामसुंग मोबाइल महोत्सव २०१५ शुभारम्भ, महोत्सवमा ग्राहकहरुको चहलपहल

काठमाडौं ।

काठमाडौं, १ फागुन । काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित नेपालको पहिलो र एक मात्र मोबाइल कम्प्लेक्स ताम्राकार कम्प्लेक्सले आयोजना गरेको सामसुंग मोबाइल महोत्सव-२०१५ आजदेखि शुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै माननिय उप प्रधानमन्त्री, संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको समयमा मोबाइल अनिवार्य वस्तु भएको भन्दै सूचना तथा संचारको विकास हुनु जरुरी भएको बताए । उनले यो महोत्सव आयोजनाले ताम्राकार कम्प्लेक्स तथा न्यूरोड क्षेत्रमा मोबाइलको व्यवसायको बारेमा उपभोक्ताहरुले जानकारी प्राप्त गर्ने अवसर पाउने स्पष्ट पारे ।

कार्यक्रममा ताम्राकार कम्प्लेक्समा रहेको टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले ताम्राकार कम्प्लेक्सको बारेमा जानकारी गराउन महोत्सवको आयोजना गरिएको बताए । बस्नेतले महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा आकर्षक छुट दिईने र ग्राहकहरुलाई विभिन्न उपहारहरु दिने व्यवस्था मिलाएको बताए ।DSC08364

महोत्सवअवधिभर मोबाइलको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरअन्र्तगत लक्कि ड्रमार्फत छुट दिने व्यवस्था मिलाईएको छ । उनले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने बताईएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सभासद ध्यानगोविन्द रंजित, नेपाल चेम्बर अफ कमर्शका ज्ञानेन्द्र रत्न तुलाधरलगायत अन्य अतिथिहरुले महोत्सवको अवसरमा ग्राहकहरुको सेवामा ध्यान दिन आग्रह गरे । उहाँहरुले मोबाइलको बजार बढिरहेको हुँदा आगामी दिनमा नयाँ नयाँ प्रविधिसहितका उत्पादनहरु नेपाली ग्राहकहरुले प्राप्त गर्ने विचार व्यक्त गरे ।

यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना हुँदैछ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईने छ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने बताए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने आयोजको भनाई छ ।

महोत्सवको अवसरमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने छ । ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउने आयोजकले जनाएको छ ।

सामसुंग मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने जनाएको छ ।

त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा ओटेल कम्पनीको सहयोगमा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइने बताईएको छ । ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।

easy care

प्रकाशित: १ फाल्गुन २०७१, शुक्रबार