सिटिसी मोबाइल बजार संचालनमा, पुजा अर्चनासहित कारोबार सुरु

Technology Khabar २८ माघ २०७१, बुधबार

सिटिसी मोबाइल बजार संचालनमा, पुजा अर्चनासहित कारोबार सुरु
फाईल फोटोः मोबाइल्स् खबर डटकम
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २८ माघ । सुन्धारास्थित सिटिसी मलमा स्थापना भएको सिटिसी मोबाइल बजार मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । १८ जना ब्राम्मणहरुद्धारा लघु रुद्री तथा बास्तु पुजन गरेपछि बजार संचालनमा आएको हो ।

मोबाइल बजारअन्तर्गत चौथो तल्लाका लगभग सबै पसल संचालनमा आएका छन् भने बजारको पाँचौ तल्लामा बिभिन्न १७ मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर निर्माण गरिरहेको मोबाइल बजारद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।13

सो मोबाइल बजारमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म मूल्य भएका नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री बितरण भइरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठले बताए । मलको चौथो तल्लामा ब्राण्डेड मोबाइल पसल तथा मोबाइल केयर संचालनमा आइसकेका छन् ।10

केहि दिन भित्रै ग्राण्ड ओपनिङ सहित भब्य मोबाइल मेला गर्न लागेको र तयारी अन्तिम चरणमा पुगेको बजारका महासचिब केशब राज लुइटेलले बताए । २२ जना प्रबद्र्धक रहेको बजारको तेस्रो तल्लामा गोलाप्रथाद्धारा स्टल बितरण गरिसकिएको जानकारी दिंदै सचिब आबिस्कारलाल श्रेष्ठले केहि दिनभित्रै तेस्रो तल्ला पनि संचालनमा ल्याउने बताए ।

२ दर्जन बढि पसलले बजारमा कारोबार सुरु गरिसकेको र बुधबारबाट प्राय सबै पसल संचालनमा आएको बताईएको छ । पार्किङको सुबिधा, २४ सै घण्टा लिफ्टको सुबिधा भएको उक्त बजारमा एकै छानामा १ सय भन्दा बढि मोबाइल पसल तथा १७ भन्दा बढि सर्भिस सेन्टर रहने बजारका प्रबद्र्धकहरुले जानकारी दिए । बजारभित्र विभिन्न कम्पनीका नाममा करिब २ दर्जन पसलहरु संचालन भइसकेको बजारले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २८ माघ २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार