जियोनी पी सिरिजका स्मार्टफोनहरु बजारमा

Technology Khabar २७ माघ २०७१, मंगलवार

जियोनी पी सिरिजका स्मार्टफोनहरु बजारमा

काठमाडौं ।

काठमाडौं, २७ माघ । जियोनी नेपालको लागि आधिकारिक विक्रेता टेलिकमले नेपाली बजारमा ३ प्रवेश–स्तरका स्मार्टफोनहरु पी२एस (P2S), पी४एस (P4S) र पी६ (P6) ल्याएको छ । जियोनीले यी फोनहरुलाई विद्यार्थी, गृहिणी र अरु स्मार्टफोनलाई प्रथम पटक प्रयोग गर्न खोजिराखेका व्यक्तिहरुमा लक्षित गर्दै मूल्यलाई अत्यन्तै कम राखेको जनाएको छ ।

फ्लिप कभर हटाउँदा र लगाउँदा धेरै कुरा मिल्ने हुनाले ‘फ्लिप एण्ड इन्जोए’ नारासहित यी फोनलाई प्रबर्धन गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पी २ एस मोडलको मूल्य रु ८ हजार ४ सय ९८ राखिएको छ र यो पातलो एण्ड्रोइड फोनमा ४ इन्चको स्क्रिन छ । दुईटा सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा ४ जीबीको आन्तरिक स्टोरेज छ ।P2-S-copy

पी ४ एस मोडललाई भने रु १२ हजार ७ सय ९६ मूल्य राखिएको छ । क्रिस्टल स्किनले गर्दा आकर्षक देखिने यो फोनमा ४.५ इन्चको स्क्रीन रहेको छ । यसमा ५ मेगापिक्सलको रियर क्यामरा तथा २ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यो स्मार्टफोनमा १ जीबीको र्याम र १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ । P4-S-copy

यो श्रृंखलामा पी ६ अर्को फोन कम्पनीले बजारमा ल्याएको छ । यसमा मधुरो प्रकाशमा सेल्फी खिच्न लागि मिल्ने फ्रन्ट फ्ल्यास छ । १४ हजार ३ सय ९८ रुपैंया पर्ने यो फोनमा ८ जीबीको आन्तरिक मेमारीछ, जसलाई माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म मेमोरी थप्न मिल्छ । P6-copy

प्रत्येक फोनको खरिदमा एउटा फ्लिप कभर, एउटा स्क्रिन प्रोटेक्टर र एउटा फोन स्ट्याण्ड सित्तैमा दिने कम्पनीले जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: २७ माघ २०७१, मंगलवार

तपाइको प्रतिक्रिया