ताम्राकार कम्प्लेक्समा सामसुंग मोबाइल महोत्सव, भ्यालेन्टाइन डेमा स्पेशल गिफ्ट

Technology Khabar २७ माघ २०७१, मंगलवार

ताम्राकार कम्प्लेक्समा सामसुंग मोबाइल महोत्सव, भ्यालेन्टाइन डेमा स्पेशल गिफ्ट

काठमाडौं ।

काठमाडौं, २७ माघ । नेपालको पहिलो मोबाइल कम्प्लेक्स ताम्राकार कम्प्लेक्सले स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ ।

काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित कम्प्लेक्समा फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित आयोजना गरिने सामसुंग मोबाइल महोत्सव २०१५ को बारेमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा ताम्राकारस्थित सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक्स प्रालिका गुरुदत्त शर्माले महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए । उनले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने अन्तिममा बम्पर उपहार खोलिने बताए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने जानकारी दिएको छ ।Mobile-Press-Meet

पाको यूथ क्लबका अध्यक्ष अमृत मानन्धरले ताम्राकार कम्प्लेक्स स्थानिय क्षेत्रको पहिचान भएको तथा मोबाइलको मूख्य बजार भएको हुँदा यसको वार्षिकोत्सवको अवसरमा गरिने महोत्सवअवधिभर व्यवस्थापकिय क्षेत्रमा सहयोग तथा सहकार्य गरिएको बताए । उनले महोत्सवले आगामी दिनमा यो क्षेत्रको सम्पूर्ण मोबाइल बजारको प्रबद्र्धन तथा बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा कम्प्लेक्समा रहेको टेलि टू प्रालिका अध्यक्ष पुरुषोत्तम बस्नेतले महोत्सवको अवसरमा मोबाइल एक्सचेन्जको व्यवस्था पनि गरिएको जानकारी दिँदै यो महोत्सवले कम्प्लेक्सको बजार प्रबद्र्धन गर्न सहयोग पुग्ने बताए । उनले महोत्सवको अवसरमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने जानकारी दिए । ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउनेछ ।

सामसुंग मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने महोत्सवका संयोजक कृष्णप्रसाद कर्माचार्यले जानकारी दिए । महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने जानकारी दिईयो ।

महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले लक्की ड्रमा क्यासब्याकमार्फत ५ देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्ने आयोजकको दाबी छ । त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइने बताईएको छ ।

कम्प्लेक्सधनी उदयरत्न ताम्राकारले पहिलो मोबाइल कम्प्लेक्सले मोबाइल बजारको अवधारणालाई नै नयाँ स्वरुपदिएको जानकारी दिँदै आगामी दिनमा मोबाइल बजारको विकास तथा विस्तारमा लाग्ने बताए ।

ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि संचालनमा रहेका छन् ।

Sajilo Visa

प्रकाशित: २७ माघ २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार