माइक्रोम्याक्सको स्मार्टफोन तथा ट्याबलेट बजारमा

Technology Khabar २५ माघ २०७१, आईतवार

माइक्रोम्याक्सको स्मार्टफोन तथा ट्याबलेट बजारमा

काठमाडौं ।

काठमाडौं, २५ माघ । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ तीनवटा नयाँ मोबाइलहरु माइक्रोम्याक्स बोल्ट ए ०६९ माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० र माइक्रोम्याक्स एक्स ०९० मोबाइल फोन बजारमा ल्याएको छ ।

माइक्रोम्याक्सले ल्याएका तीन मोबाइल सेटहरुमध्ये बोल्ट ए ०६९ (Micromax Bolt A069) स्मार्टफोन हो भने क्यानभास ट्याब पी ४७० (Micromax Canvas Tab P470) ट्याबलेट हो । अर्को फोन माइक्रोम्याक्स एक्स ०९० (Micromax X090) भने बार फोन रहेको हो ।

माइक्रोम्याक्स बोल्ट ए ०६९ मोबाइल फोनमा २१ वटा विभिन्न भाषाहरु भरिएका छन् जसबाट ग्राहकहरुले आफूलाई मन लागेको भाषमा मेसेज पठाउन सक्नेछन् । ५ इन्चको भीजीए स्क्रीन भएको फोनमा एन्ड्रोयडको ४.४.२ किटक्याट अपरेटिङ सिष्टम रहेको छ ।  साथै यस फोनमा रहेको १.३ गीगाहर्जको ड्यूअल कोर प्रोसेसरको साथ यसमा एप्लिकेसनहरु उत्कृष्ट प्रोसेसिङका साथ प्रयोग गर्न सकिन्छ । यो मोबाइल फोनमा  ५१२ एमबीको र्यामका साथै ४ जीबीको आन्तरिक स्टोरेज पनि राखिएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । Micromax Bolt A069

माइक्रोम्याक्स बोल्ट ए ०६९ फोनमा ५ मेगापिक्सलको रियर क्यामरा छ भने अगाडि ०.३ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनमा टूजीमा आधारित छ भने यसमा ब्लूटूथ, वाईफाई र यूएसबीको सुविधा पनि छ । यो फोनमा एसडी कार्डको माध्यमबाट ३२ जीबीसम्म मेमोरी बढाउन सकिन्छ । माइक्रोम्याक्स बोल्ट ए ०६९ मा १८०० एमएएच क्षमताको ब्याट्रिको प्रयोग हुन्छ ।

यसका साथै माइक्रोम्याक्सले नयाँ माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० ट्याबलेट पनि बजारमा ल्याएको छ जसमा ७ इन्चको स्क्रिन (१०२४X६०० पिक्सल) का साथै १.३ गीगाहर्जको ड्यूअल कोर प्रोसेसर रहेको छ जसले फोनमा भएको धेरै एप्लिकेसनहरु चलाउन सकिने बताईएको छ । माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० मा एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिस्टम प्रयोग भएको छ । यो ट्याबलेटमा १ जीबीको र्याम र ८ जीबीको इन्टरनल मेमोरी रहेको छ । यसमा भएको इन्टरनल मेमोरीलाई ३२ जीबीसम्म बढाउन सकिन्छ ।Micromax P470

माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० ट्याबलेटमा ५ मेगापिकसलको रियर क्यामरा छ भने ०.३ मेगापिक्सलको फ्रन्ट क्यामराले आफनो सेल्फीहरु  खिच्न सक्नेछन । यसमा थ्रीजी सपोर्ट गर्दछ भने वाईफाई, ब्लूटूथ लगायतका फीचरहरु रहेका छन् । सबै सुविधाहरु लामो समयसम्म प्रयोग गर्नका लागि माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० ट्याबलेटमा ३२०० एमएएचको ब्याट्रिको प्रयोग भएको छ ।

यसका साथै आफ्ना ग्राहकहरुका लागि माइक्रोम्याकसले अर्को मोबाइल फोन माइक्रोम्याक्स एक्स ०९० पनि ल्याएको छ । यो माइक्रोम्याक्सले ल्याएको बार फोन हो । यसमा भएको म्यूजिक प्लेयर र एफका साथ ग्राहकहरुले नयाँ–नयाँ गीतहरुको आनन्द लिन सक्छन । साथै यसको भीडियो प्लेयर र कल रेकर्डरका साथ साथ आफ्ना स्मरणीय पलहरु बारम्बार सुन्न सक्छन् । यसमा इन्टरनेट चलाउन पनि निकै सजिलो छ । यसका साथै माइक्रोम्याक्स एक्स ०९० मा ब्लूटूथ र यूएसबीका सुविधाहरु पनि उपलब्ध छन् । Micromax X090

माइक्रोम्याक्स एक्स ०९० मोबाइल फोनमा ८ जीबीसम्म मेमोरी थप्न सकिने सुविधा रहेको छ भने यसमा १८०० एमएएचको ब्याट्रिबाट ३५० घण्टासम्म मोबाइल चलाउन सक्नेछन् ।

माइक्रोम्याक्स बोल्ट ए ०६९ को बजार मूल्य  ९ हजार ३ सय १७ रुपैंया छ भने माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० को बजार मूल्य १३ हजार १५ रुपैंया रहेको छ भने माइक्रोम्याक्स एक्स ०९० को बजार मूल्य १ हजार ६ सय ५० रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २५ माघ २०७१, आईतवार

तपाइको प्रतिक्रिया